News Category 2080/10/09
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।
शिक्षा तथा संस्कृती मन्त्री तथा पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार साँझ प्रदेश प्रमुखलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।
“मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधान धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको बैठकको निर्णय अनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउद छौं ।” बुझाइएको पत्रमा उल्लेख छ ।
पत्र मधेश प्रदेशका सभामुख तथा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय जनकपुरधामलाई समेत बोधार्थ गरिएको छ ।
सरकारमा सहभागि दुई मन्त्री र एक राज्यमन्त्रीले मंगलबारै राजिनामा पनि दिएका छन् । जनमतको मधेश प्रदेशमा १३ प्रदेशसभा सदस्य छन् ।
सोमबार मात्रै राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा शिक्षा मन्त्री यादवलाई वेवास्ता गरि राखिएको कार्यक्रमको जनमत पार्टीले बिरोध गरेको थियो । सो कार्यक्रमका क्रमको बिरोध गर्न पुगेका मन्त्रीसहित जनमतका सांसदहरु एक दर्जन नेता कार्यकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ