News Category 2080/10/11
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
पुसी पुर्णिमाको अवसरमा सप्तरीका आधा दर्जन जती पालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका लगायत आधा दर्जन जति पालिकाले बिहीवार सार्वजनिक विदा समेत दिएको हो ।
पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा बिहीबार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए ।
सप्तकोशी नदीमा पूर्णिमा स्नानका लागि सुनसरी र सप्तरीका मात्र होइन । छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुर, सिम्राही, कर्जाईन, फारबिसगन्ज, सहर्षासम्मका वृद्धवृद्धा, बालबालिका तथा महिला पुरुषको भिड लागेको स्थानीयवासी गंगा साहले बताए । यहाँ लाग्ने एक दिने मेलालाई कृषि मेलाको रुपमा समेत चिनिदै आएको छ । मेलामा कृषि औजारहरुका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामाग्रीहरुको खरीद बिक्रीका लागि समेत महत्वपूर्ण मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ