News Category 2080/10/14
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना

दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लि. बाट पीडित भएका बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आइतबार प्रदर्शनसहित धर्ना दिएका छन् ।
बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई सहकारी पीडितलाई न्याय दे लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै प्रदर्शनपछि जिल्ला स्वास्थ्य कार्यालय अगाडी धर्ना दिएका छन् ।
संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेको बताएका छन् ।
महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात जिल्ला स्वास्थ्य कार्यालयमा पुगि धर्नामा परिणत भएको थियो । उनीहरुले तत्कालिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिजय झाको दबाबमा खाता खोल्न लगाइएको भन्दै बचतकर्ता आमा समूहकी महिला स्वमसेविकाहरुले दुई घण्टा स्वास्थ्य कार्यालयमा धर्ना समेत दिए ।
२६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ