News Category 2080/10/14
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लि. बाट पीडित भएका बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आइतबार प्रदर्शनसहित धर्ना दिएका छन् ।
बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई सहकारी पीडितलाई न्याय दे लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै प्रदर्शनपछि जिल्ला स्वास्थ्य कार्यालय अगाडी धर्ना दिएका छन् ।
संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेको बताएका छन् ।
महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात जिल्ला स्वास्थ्य कार्यालयमा पुगि धर्नामा परिणत भएको थियो । उनीहरुले तत्कालिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिजय झाको दबाबमा खाता खोल्न लगाइएको भन्दै बचतकर्ता आमा समूहकी महिला स्वमसेविकाहरुले दुई घण्टा स्वास्थ्य कार्यालयमा धर्ना समेत दिए ।
२६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ