News Category 2080/10/15
संघीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हतियार ः महामन्त्री थापा
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संविधान र संघीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हतियार हुने बताएका छन् ।
‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत सम्वाद यात्राका क्रममा सोमबार राजविराज आई पुगेका उनले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिदै अहिलेको मुख्य चुनौति संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नु रहेको बताए ।
‘कसैले प्रदेश संरचना खारेजको कुरा उठाईरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागि रहेका छन्, महामन्त्री थापाले भने, यस्ता कुरामा लागे मुलुक फेरी अर्को दुर्घट्नामा पर्नेछन् ।’
घेरै संघर्षपछि प्राप्त भएको संघीयता कार्यान्वयनको क्रममा केही त्रुटि पनि भएको बताएका उनले त्रुटि सच्चाएर अघि बढ्नु प्रमुख आवश्यकता रहेको बताए । उनले अहिलेको व्यवस्था नै उत्कृष्ट भएको दावी गर्दै यसको विकल्प खोज्नु समय खेर फाल्नु जस्तै हुने जनाए ।
संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि काँग्रेस अघि बढेको बताउँदै उनले यसमा सबै लोकतन्त्रवादीको साथ र सहयोग आवश्यक रहेको जनाए । सोमबार नै उनी प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ पश्चात स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पुगी त्यहाँको समस्याबारे जानकारी लिनुका साथै सुधारका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
स्थानिय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन, हुलाकी सडक वरिपरी बसोबास गरिरहेका जनताको पीडा नजीकबाट बुझ्ने तथा जनताबाट आएका गुनासा र सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने उद्देश्यले थालिएको समुदायमा काँग्रेस अभियान तथा सम्बाद यात्रा माघ २६ सम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ