News Category 2080/10/16
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
उच्च अदालत जनकपुर–राजविराज इजलासले न्याय क्षेत्र समन्वय समितिको सदस्यमा नागरिक समाजको तर्फबाट प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई मनोनयन गरेको छ ।
राजविराज ७ निवासी ६५ वर्षिय झा सप्तरी पत्रकार महासंघका पूर्व सभापती समेत हुन् । निमित्त रजिष्टार फनिन्द्र भट्टराईका अनुसार मुख्य न्यायधिश बामदेव ज्ञावलीद्वारा मंगलवार झालाई उक्त पदमा मनोनयन गरिएको हो ।
अदालत र मातहतका न्यायिक निकायहरुको काम कारवाही सुव्यवस्थित ढंगले संचालन गराउन, न्यायपालिकाको रणनीति योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र नागरिक समाज समेतको सहभागिता र समन्वय गर्न उच्च अदालत नियमावली २०७३ को नियम १६६ बमोजिम झा लाई मनोनयन गरिएको अदालतले जनाएको छ ।
गोरखा दक्षिणबाहु चौथो, जनसेवाश्री पदक पाँचौं, प्रकाश मानव अधिकार स्मृति पुरस्कार २०७१ त्था गोपाल गोतामे स्वर्ण पदक जस्ता मानपदवीबाट सम्मानित झाको मनोनयनले प्रभावकारी न्याय सम्पादनमा थप मद्दत पूग्ने विश्वास गरिएको छ ।
दुई वर्षे कार्यकाल रहने समितिको अध्यक्षमा मुख्य न्ययाधिश तथा सदस्यहरुमा सम्बन्धित जिल्लाका प्रशासन प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख, प्रहरी प्रमुख, बार एशोसिएसनका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधी रहने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ