News Category 2080/10/16
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा मंगलबार कर्मचारी सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरि श्रद्धाञ्जली दिइएको छ ।
मंगलबार बिहान जिल्ला समन्वय समिती सप्तरीको कार्यालय परिसरमा स्थापना गरिएको उनको शालिकमा जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, पुर्व प्रमुख प्रभाकर यादव, छिन्नमस्त गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका पूर्वमेयर शम्भुप्रसाद यादव, कर्मचारीहरु, विभिन्न दलका नेता लगायतले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउपालिका ८ स्थित तोपा बजारमा उनको स्मृती एवं सम्मानमा निर्माण गरिएको शालिकमा समेत माल्यार्पण गरिएको हो ।
वि.स.२०१७ सालमा तिलाठी कोइलाडी गाउँपालिका ८ बभनगामाकट्टीमा जन्मेका यादवलाई २०६४ साल कार्तिक १२ गते साँझ कार्यालयको काम सकेर मोटरसाईकल चढी घर फर्किर्द गर्दा राजविराज–हनुमाननगर सडक खण्ड अन्र्तगतको खाँडो पुल नजिकै अपराधिक समुहले गोली हानी हत्या गरेका थिए ।
उनी तत्कालिन जिल्ला विकास समिती सप्तरीको नायब सुब्बा पदमा कार्यरत थिए । स्थानीयतह कर्मचारी संघ सप्तरीको पहिलो जिल्ला अध्यक्ष समेत रहेका उनको हत्या पश्चात् कर्मचारीहरुको आन्दोलन तथा उक्त आन्दोलनमा पेशागत संगठन, राजनितीक दल र नागरिक समाजको समेत सहभागिता बढ्दै गएपछी २०६४ साल कार्तिक १७ गते बसेको मन्त्री परिषदको बैठकले स्व.यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ