News Category 2080/10/16
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु हतियार र लागु औषधसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
राजविराज बजार क्षेत्रबाट मोटरसाईकल चोरी गरी फरार भएका अभियुक्तहरु हतियार र लागु औषध सहित पक्राउ परेका छन् ।
राजविराजस्थित एक बैंक अगाडीबाट मोटरसाइकल चोरी गरि फरार भएको घटनाको पाँच दिन पछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा एक जना नेपाली र दुई भारतीय नागरिक छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार गत माग १२ गते स्थानीय सानीमा बैंक अगाडी पार्किङ्ग गरी राखिएको प्र २–०१–००१ प ८६१४ नम्बरको मोटरसाईकल तथा सोही दिन राजविराज स्थित पुरानो बसपार्कमा भएको चोरी घट्नाको सूक्ष्म अनुसन्धान थाल्दा अपराधी पक्रन सफलता मिलेको हो ।
उक्त चोरी घट्नाका मुख्य योजनाकार सप्तरीको महदेवा गाउपालिका १ ढिकली घर भई हाल राजविराज १ राजदेवी टोलमा वस्दै आएका २६ वर्षिय सुजित मण्डल रहेको प्रहरीको भनाइ छ । उनलाई अघिल्लो दिन मधेश प्रदेश ०६–००१ प.०७५७ नम्बरको मोटरसाइकल चढी बजार तर्फ आउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सो क्रममा शरीर खानतलास गर्दा उनले लगाएको ज्याकेटको गोजी भित्रबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने १ राउण्ड गोली समेत फेला परेको प्रवक्ता नेउपानेले जानकारी दिए ।
मण्डलले चोरी गरेको मोटरसाईकल भने भारतमा लागी विक्री गरिसकेको स्वीकार्दै उक्त कार्यमा सीमावर्ती भारतको विहार राज्य मधुवनी ग्रामपंचायत फुलपरास ५ निवासी २७ वर्षिय रणवीर यादव र २६ वर्षिय विभश यादवले सघाएको बयान दिएपछि प्रहरीले ती दुबै जनालाई समेत पक्राउ गरेको छ ।
भारतीय नम्बर बि.आर.३२ एटी ०१३९ को मोटरसाइकल चढी नगरक्षेत्रमा प्रवेश गरेका रणवीर विभशलाई पनि प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । सो क्रममा विभशको साथबाट प्रतिबन्धीत लागु औषध गाँजा ६ सय २ ग्राम समेत फेला परेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीनै जनामाथी खरखजाना, लागु औषध तथा चोरी मुदामा मंगलवार सप्तरी जिल्ला अदालतबाट म्याद थपी घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ