News Category 2080/10/18
बालबालिकालाई पोशाक वितरण
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ को दुई विद्यालयमा बालबालिकालाई पोशाक वितरण गरिएको छ ।
विहिबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्राथमिक विद्यालय को.बर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को. बर्साइनका बालबालिकालाई गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र वडा अध्यक्ष ललन प्रसाद राउतले पोशाक वितरण गरेका हुन् ।
बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई सर्ट, पाइन्ट, स्वेटर, जुत्ता र मोजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा गाउँपालिका अध्यक्ष मण्डलले बालबालिकालाई सिकाई उपलब्धी हासिल गर्न पोशाकले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउँदै बालबालिकाको सिकाईप्रति अभिभावक पनि सचेत हुनु जरुरी रहेको उल्लेख गरे ।
बालबालिकामा पोशाककै कारण विभेद नहोस् र एकरुपता कायम गर्न वडाको बजेटबाट बालबालिकालाई पोशाक वितरण गरिएको वडा नं. ५ का अध्यक्ष ललन प्रसाद राउतले बताए । उनले आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई पोशाक वितरणको कार्यक्रम राखिएको बताए ।
राष्ट्रिय प्राथमिक विद्यालय को.बर्साइन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, विद्यालयका प्रधानाध्यापक केदार पण्डित लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैगरी राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को. बर्साइन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमाशंकर सिंंहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम अधिकृत राजेश कुमार झा, स्थानीय सुनिल कुमार सिंह, विद्यालयका प्रधानाध्यापक बालेश्वर साह सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ