News Category 2080/10/18
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप

दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी महेश प्रसाद चौधरीले सोही नगरपालिका वडा नम्बर ४ निवासी महेश भगतले आफूसँग जालसाजी गरेको आरोप लगाएका छन् ।
बिहीबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि चौधरीले भगतमाथी उक्त आरोप लगाएका हुन् । आफूले २०७३ सालमा भगतसँग २२ लाख नगद लिए वापत ट्राफिक चौक स्थित राजमार्गमा रहेको १२ धुर जग्गा धितो स्वरुपम राजीनामा गरिदिनुका साथै १५ लाखको तमसुक समेत गरि दिएको बताए ।
भगतले २०७४ सालमा उक्त २२ लाख रकम वापतको ब्याज स्वरुप ६ लाख रकम माग गरेको बताउँदै चौधरीले पुनः पटक पटक गरि ५ लाख रकम भगतबाट लिएवापत १० लाख बराबरको फेरी तमसुक बनाइदिएको जानकारी दिए । चौधरीले सम्पूर्ण रकम जोडर भगतसँग जम्मा ३३ लाख रकम लिएको स्वीकार गर्दै २०७६ सालमा १२ लाख ४५ हजार रकम फिर्ता गरेको सुनाए ।
यता सरकारले तमसुक कागज प्रमाणित गर्न वडा कार्यालय मार्फत २०८० माघ ११ गतेसम्मको समय दिए अनुसार भगतले २५ र १० लाख उल्लेखीत तमसुक प्रमाणित गर्न माघ ९ गते वडा कार्यालय पुगेका थिए । सो वडा कार्यालयमा चौधरीले आफूले १२ धुर जग्गा धितो स्वरुप राजीनामा गरिदिएको र १२ लाख ४५ हजार रकम समेत बुझाएको उल्लेख गरि तमसुक प्रमाणित गर्न आग्रह गर्दा उनले मौखिक रुपमा एउटा सम्झौता पत्र बनाइदिने वडा अध्यक्ष बिजय साहको रोहबरमा सहमति गरेको बताए ।
चौधरीले वडा अध्यक्ष साहको रोहबरमा सम्झौता पत्र बनाउने सहमति भएपनि लिखित रुपमा सम्झौता पत्र नबनाई वडा कार्यालयले तमसुक मात्र प्रमाणित गरि भगतलाई दिएको प्रति असन्तुष्टि व्यक्त गरे । वडा कार्यालयले एकपक्षिय रुपमा भगतलाई तमसुक प्रमाणित गरि दिएको प्रति आफू अन्यायमा परेकोले न्यायका लागि सबैसँग गुहार गरेका छन् ।
यता वडा अध्यक्ष साहले सो कागजबारे आफूसँग कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।
यस्तै पत्रकार सम्मेलनमा सोही वडाकी बलजित कुमारी चौधरीले पनि भगतले आफूमाथी अन्याय गरेको गुनासो पोखेकी छिन् । सात वर्षअघि चौधरीले १ लाख २७ हजार रकम लिए वापत भगतलाई ३ लाख रकम वापतको तमसुक बनाउनुका साथै धितो स्वरुप २ कठठ जग्गा समेत राजीनामा गरिदिएको सुनाइन् ।
उनले ३० हजार रकम भगतलाई फिर्ता गरिदिएको भन्दै आफूले धितो स्वरुप राखिदिएको २ कठ्ठा जग्गा भगतले स्थानीय फरवार्ड लघु बित्त संस्थामा धितो राखी ५ लाख रकम उठाएको जानकारी दिइन् । हाल चौधरीले फरवार्ड संस्थामा मासिक १६ हजारको दरले रकम बुझाइरहेको जनाइन् । आफूले नलिएको रकमको किस्ता बुझाउनु परिरहेको गुनासो पोख्दै चौधरीले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।
सोही पत्रकार सम्मेलनमा भगतबाट अर्का पीडित रुपनी गाउँपालिका ३ निवासी बासुदेव मोचीले २०७२ सालमा २२ हजार रकम लिएको बताउँदै १४ महिनापछि ४५ हजार रकम फिर्ता गरिदिएको सुनाए । उनले २५ हजार रकम लिएवापत भगतलाई ७५ हजारको तमसुक बनाइदिएको mस्भएपनि उनले सो मिन्हा नगरी अहिले आएर तमसुकको आधारमा लेनदेन मुद्दा दर्ता गरेको जनाए ।
यसैगरि रुपनी ६ का गेनालाल मोची पनि भगतसँग पीडित भएको दुखेसो पोखे । उनले २०६९ सालमा १ लाख रकम लिए वापत २ लाख १२ हजारको कागजात र १ कठ्ठा जग्गा धितो स्वरुप राजीनामा गरिदिएको बताए । दुई सालपछि मोचाीले भगतलाई १ लाख ५ हजार र उनको घरमा ३ लाख ५ हजार रकम बराबरको राजमिस्त्रीको काम गरिदिएको भएपनि अहिले सो जग्गा फिर्ता गर्न माग गर्दा भगतले तमसुकको आधारमा लेनदेन मुद्दा दर्ता गरेको सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ