News Category 2080/10/18
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
मधेश प्रदेशका अर्थ तथा योजना समितिका सभापति एवं प्रदेशसभा सदस्य सतिश कुमार सिंहले जसपाले झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाएका छन् ।
राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले ईन्जियरिङ कलेज, नर्सिङ र तीन सय बेडको अस्पताल बनाएको भ्रामक प्रचारवाजी गरेर जसपाले द्वन्द्व निम्तियाउन खोजेको आरोप लगाए ।
प्रदेशसभा सदस्य सिंहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रति लक्षित गर्दै टियु क्याम्पस राजविराजमा एउटा भवन बनाएर त्यसको उद्घाटन गरी राजविराजमा ईन्जियरिङ कलेजको उद्घाट्न गरेको मिडियामा हेर्दा आश्चर्य चकित भएको जनाए ।
‘यो ईन्जिनियरिङ कलेज कुन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको छ ?, के टियुको मातहतमा ईन्जिनियरिङ विंगस् छ ?’ प्रश्न गर्दै उनले भने, ‘यदि छ भने तपाईहरु पत्ता लगाई दिनुस्, कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका छ ?’
जसपाले कलेज खेलिदिएको तर जनमत पार्टीले सञ्चालनमा ल्याउन नसकेको राजनीतिक एजेण्डा सेट गर्न एउटा बिल्डिग उद्घाटन् गरेर ईन्जिनियरिङ कलेजको नामबाट प्रचारबाजी गरिरहेका स्पष्ट पारे ।
यस्तै गजेन्द्रनाराण सिंह अस्पताल अहिले पनि ५० बेडकै रहेको र त्यसमा पनि भवन बनाएर नर्सिङ कलेज बनाएको प्रचारबाजी गरेको बताए । ‘यो अस्पताल अहिले पनि ५० बेडकै छ र एक सय बेडको नभए सम्म नर्सिग कलेज संचालनका लागि अनुमति नै नपाउने कानुनी व्यवस्था छ ।’ उनले भने, ‘यो सबै स्टंटबाजी हो ।’
उपेन्द्र यादव आफै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेको बेला किन यो अस्पताललाई स्तरबृद्धि गरेर तीनसय बेडको नबनाएको प्रश्न गर्दै आफूहरु भने त्यसको लागि चुनाव जितेको पहिलो दिन देखि नै प्रयासरत रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ