News Category 2080/10/19
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस समाजमा परिवर्तन ल्याउन समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी रहेको बताएका छन् ।
समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत शुक्रबार राजविराजमा सम्बोधन गर्दै सिंहले समुदायमा गरेर जनताको समस्या बुझेर सम्बोधन गर्नका निम्ति मुलुकभरी यो अभियान संचालन गरेको बताए ।
नेपाली कांग्रेस प्रजातान्त्रिक र लोकतान्त्रिक मान्यता भएको पार्टी भएकोले काधमा आएको जिम्मेवारी पुरा गर्न कांग्रेस लागि परेको बताए । संविधानबाट प्राप्त अधिकार संस्थागत गर्न समेत यश अभियानबाट सहयोग पुग्ने सिंहको तर्क थियोे ।
नीति कानुन बनाउँने बेलामा कानुन बनाउन सरकारले काम गरिरहेकोले यो अभियानले कानुन बनाउन समेत सहयोग पुग्ने धारणा सिंहको रहेको थियो । पार्टीले एउटा रणनीति लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले विकासको योजना, बेरोजगारी समस्या अन्त्यको एजेन्डा काँग्रेसले ल्याउँनुपर्नेमा जोड दिए । कृषि समस्या अन्त्यको आवाज किसानसम्म पुग्न सकेको बताउदै उनीहरूले सप्तरीकोमा सिंचाइ दिन सक्यो भने हामी पर्याप्त अन्न उत्पादन गर्न सक्ने र मुलुकको अन्य ठाउँमा निर्यात गर्न सक्ने प्रतिबद्धता समेत सहभागीहरूले गरे ।
समुदायमा कांग्रेस अभियान कार्यक्रमको सातौं दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, विमला कार्की, विन्दु यादव, सरोज यादव, मोहन बस्नेतलगायत एक दर्जन केन्द्रीय र प्रदेशका नेपाहरूको उपस्थिति रहेको थियो ।
जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सनत मण्डलले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रामकुमार यादवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ