News Category 2080/10/19
हरिण मारेको आरोपमा हतियार तथा अन्य उपकरणसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
दुई वटा हरिण मारेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई हतियार तथा अन्य उपकरणसहित पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार त्यस क्षेत्रमा चोरी सिकारी भईरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले झालाई चोरी सिकारी गरी मारेको दुई वटा हरिणको अखेटोपहार (ताजा मासु) तथा १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
झाले हरिणको शिकार गरेपछि दुई वटा बोरामा काटेर राखेको ३५ केजी मासु पनि बरामद भएको उनले बताए ।
झाको साथबाट जंगली जनावरको शिकार गर्न प्रयोग गरिने लाईट १ म्यागजिन २, गनस्टेन १ र क्यामेरा एक थान समेत बरामद गरिएको उनले जानकारी दिए ।
झालाई शुक्रवार नै बरामद समानसहित थप कारवाहीका लागी डिभिजन बन कार्यालय सप्तरीलाई बुझाइएको डिएसपी नेउपानेले जानकारी दिए ।
डिभिजन बन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले हरिणलाई चोरी सिकारीले मारेको देखिएकाले झा माथी बन ऐन २०७६ अनुसारको कारवाही प्रक्रिया अघि बढ्ने बताए । उक्त हरिण कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट चरणका क्रममा कोशी बाँध तिर पुगेको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ