News Category 2080/10/20
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट

राजविराज÷डिभिजन वन कार्यालय सप्तरीले चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको मासु शनिबार नष्ट गरेको छ ।
चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको अखेटोपहार (ताजा मासु) प्रहरी, पत्रकार, वन कर्मचारी तथा स्थानीय भरभलादमीको रोहबरमा रूपनी गाउँपालिकास्थित शम्भुनाथ सबडिभिजन वन कार्यालय परिसरमा खाल्डो खनी पुरिएर नष्ट गरिएको हो ।
यसअघि दुई वटा हरिण मारेको आरोपमा प्रहरीले शुक्रबार राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई पक्राउ गरेको थियो ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न झालाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले हरिणको अखेटोपहार (ताजा मासु) ३५ किलो, १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
उनीमाथि वन ऐन २०७६ ले निर्दिष्ट गरेको व्यवस्था बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ