News Category 2080/10/21
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषि ठहर भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ खोजपुर बस्ने ५० वर्षिय शुभनारायण ठाकुर रहेको प्रहरीले जनाएको छ । सिरहाका एक व्यक्तिको अपहरणमा ठाकुरलाई अदालतले दोषि ठहर गर्दै २०७५ साल जेठ २० गते ९ वर्ष कैद सजाय तथा ५० हजार जरिवाना तोकेको थियो ।
सिरहा जिल्ला अदालतले सोको लगत सप्तरी जिल्ला अदालतलाई पठाएको थियो । सिरहा जिल्ला अदालतबाट उक्त मुद्दामा दोषि ठहर भएर फरार रहेका ठाकुरको खोजिकार्य व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् ।
प्रहरीले गाँउ घरमा लुकिछिपि बसिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा आइतबार पक्राउ गरेको जनाएको छ । ठाकुरलाई अदालतमा पेश गरिएपछि आदेशानुसार कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ