News Category 2080/10/24
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षण र उनीहरुलाई सक्षम बनाउन राज्यसँगै अभिभावकले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
बौद्धिक अपाङताका अभिभावक महासंघ नेपालको आयोजना, लेभ द इन्क्लिुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङताका अभिभावक संघ सप्तरीको समन्वयमा आयोजित दुई दिने नीति, निर्माण कार्यशालाको समापन पश्चात् बुधबार आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बौद्धिक अपाङगताका अभिभावक महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजु बस्नेतले अपाङगता भएका व्यक्तिलाई परिवार वा अन्य कुनै पनि व्यक्तिबाट अमानविय र अपमानजनक व्यवहार गर्न नहुनेमा जोड दिँदै यसका लागि अभिभावक र राज्य दुबै गम्भिर बन्नु पर्ने बताए ।
यदी समाजमा कतै यस्तो घटना भइरहेको छ भने खबरदारी गर्न र समुदायस्तरमा सचेतनासँगै सरोकारवाला निकायमा जानकारी गराउनु पर्ने उनको आग्रह थियो ।
बौद्धिक अपाङगताका अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालले अपाङ भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा आफूले छनौट गरेको वासस्थानमा बस्ने अधिकार भएको भन्दै त्यस्तो व्यक्तिलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिनु कानुनले निषेध गरेको भन्दै यसतर्फ सबै अभिभावक सजग रहनु पर्ने बताए ।
दुई दिनसम्म चलेको कार्यशालामा बौद्धिक अपाङगता भएका व्यक्तिका २५ जना अभिभावक सहभागि थिए । उनीहरुलाई महासंघका राष्ट्रिय अध्यक्ष बस्नेतले बौद्धिक अपाङगता भएका व्यक्तिको संरक्षण, सुरक्षा, राज्यमा पहँुच तथा व्यवस्थापन बारे आवश्यक तालिम प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ