News Category 2080/10/27
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका नीति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु बारे सरोकारवालसँग सुझाव लिएको छ ।
शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरुसँग शुक्रवार बैठक मार्फत सुझाव संकलन गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीको सभाकक्षमा आयोजित शिक्षा क्षेत्रका नीति, योजना, बजेट तथा छलफल र राय सुझाव संकलन कार्यक्रममा सहभागीहरुले नयाँ संघीय शिक्षा ऐन यथाशिघ्र जारी गरी यस क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले शिक्षामा कम्तिमा पनि २० प्रतिशत बजेट लगानी गर्नुपर्नेमा अहिले आएर त्यसमा पनि कटौती हुँदा शिक्षा क्षेत्र प्रभावित हुन पुगेको भन्दै राज्यले लगानी बढाउनु पर्ने सुझाव समेत दिए ।
बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले सरकारको निती योजना तथा बजेटमा शिक्षा क्षेत्रमा देखिएका समस्या र समावेश गरिनु पर्ने अन्य विषयबारे नयाँ रुपमा अघि बढ्न सुझाव संकलन थालिएको बताए ।
मधेश प्रदेशको सप्तरीबाट शुरु गरिएको सुझाव संकलन कार्य सात वटै प्रदेशमा संचालन हुने र त्यस पश्चात मन्त्रालय मार्फत सरकार समक्ष प्रस्तुत गरिने उनले जानकारी दिए ।
शिक्षा विकासको मुख्य पुर्वाधार भएपनि यसलाई उत्पादन र रोजगारी संग जोड्न नसक्दा अपेक्षा अनुसारको परिणाम आउन नसकेको उनको भनाई छ ।
विद्यालयले राम्रो शिक्षा दिन सक्यो र विद्यार्थी तथा अभिभावकको भरोसा जोगाउन सक्यो भने राज्यको शिक्षा नीति सफल भएको ठानिने उनको भनाई थियो । सरकारी विद्यालयमा गुणस्तरीय पढाईका कारण विद्यार्थी बढे भने त्यहाँ शिक्षा सुध्रियो भनेर सबैले बुझ्नु पर्ने भन्दै उनले कहाँ÷कहाँ के÷के सुधार गर्नु पर्छ, त्यसबारे सबैको राय सुझाव आवश्यक भएको हो ।
एकातिर शिक्षमा थोरै लगानी अर्काे तिर विकास निर्माणको काम गर्ने पालिकाहरुलाई शिक्षा समेतको जिम्मेवारी थपिदिदा अपेक्षा अनुसारको प्रगति नदेखिएको कार्यक्रममा अधिकांश सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत शिवराज पोखरेल, शिक्षा विकास समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डल, इकाइका बरिष्ठ शाखा अधिकृत भोगेन्द्र प्रसाद यादव, शिक्षा संयोजक अर्जुन कुमार यादव, पत्रकार महास संघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस यृुनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतका सरोकारबालाहरुले विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउन आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ