News Category 2080/10/27
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
राजविराज÷सप्तरी क्षेत्र नं. ४ (२) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिई प्रदेश सभा सदस्यमा निर्वाचित अनिरूद्व प्रसादसिंह यादव जसपामा प्रवेश गरेका छन् ।
शनिवार जिल्लाको बोदेबरसाइन नगरपालिकामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनी जसपा नेपालमा प्रवेश गरेका हुन् ।
सांसद यादवसँगै सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेताहरु जसपामा प्रवेश गरेको जनाइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर स्वागत गरेका छन् ।
पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए ।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य संख्या १९ पुगेको छ । यस अघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।
वृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ