News Category 2080/11/02
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गाईको बाच्छो मारि खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुनमानगर कंकालिनी नगरपालिका वडा नं. १३ वस्ने २५ वर्षिय मो. समसाद, ३५ वर्षिय कैजुन मंसुरी र ४० वर्षिय जमुल मन्सुरी छन् ।
स्थानीयले बाच्छो काट्न प्रयोग गरिएको घरेलु हतियारसहित तीनै जनालाई पक्राउ गरि बुधबार इलाका प्रहरी कार्यालय हनुमाननगरमा बुझाएका थिए ।
वडा अध्यक्ष अजय यादवका अनुसार चार दिन अघि स्थानीयवासी तेज नारायण यादव सिपलियाको गाईको बाच्छो चोरी भएको थियो । सो बारे पत्ता लगाउने क्रममा ती तिनै जनाले चोरी गरी लगेको र मारेर खाएको खुल्न आएपछि बाच्छो काटेर मार्ने क्रममा प्रयोग गरिएका घरेलु हतियार समेत नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो ।
वडा अध्यक्ष यादवले उनीहरु यस अघि पनि गाउँघरमा पशु चौपाया चोरी गरी मार्ने, काटेर खाने तथा वेच विखन गर्ने कार्यमा संलग्न रहदै आएको बताए । सोही शंकाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइ केरकार गर्दा सिपलीयाको गाईको बाच्छो चोरी गरी लगेर मारेर खाएको स्वीकार गरेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा रहेका तिनै जनामाथी अनुसन्धान सूरु गरिएको र अनुसन्धान सकिएपछि कानुन बमोजिम कारवाही प्रकृया अघि बढाइने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ