News Category 2080/11/03
रुंगटा परिवारको प्रश्न ः चार पुस्तादेखि बस्दै आएका रुंगटा परिवारका सदस्यहरु कसरी गैर नागरिक भए ?
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
राजविराज नगरपालिका २ निवासी राजेन्द्र कुमार रुंगटाले आफ्नो पैतृक जग्गालाई व्यवस्थित गर्दे व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको बताएका छन् ।
राजविराज शहरलाई नव उर्जा दिन ग्रण्ड नेपाल रियल स्टेट प्रालीसँग कानुनी समझौता गरी नयाँ बजारको अवधारण अनुसार अगाडी बढेको उनले बताए ।
बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै रुंगटाले विभिन्न कित्तामा रहेको जग्गालाई एकिकृत गराईएको प्रति भ्रम सृजना गरिएको जनाएको छ ।
राजविराज नगरपालिका २ स्थित रहेको उनको जग्गालाई किसिम परिवर्तन गराई प्लटिङ्ग गरेर बेच्न लागेको समाचार मिडियामा आएको थियो । सो प्रति ध्यानाकर्षण गराउँदै उद्योगी स्व. गोविन्दराम रुंगटाका छोरा राजेन्द्र रुंगटाले विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
‘कानुनी प्रक्रिया अनुसार विभिन्न कित्तामा रहेको जग्गालाई एकिकृत गराईएको सन्दर्भमा विभिन्न प्रकारका भ्रम सृजना गरिदैछन् । यसतर्फ सप्तरीवासीको ध्यानाकर्षका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
राणाशासनकाल देखि हनुमाननगर हुँदै विक्रम सम्बत १९९८ सालमा ६० विघा क्षेत्रफल भित्र जग्गा दिएर राजविराजमा रुंगटा परिवारलाई बसाईएको प्रसंग उल्लेख गर्दे रुंगटाले आफ्नो बुवा तत्कालिन समयका स्थापित उद्योगी स्व.गोविन्दराम रुंगटा चर्चित समाजसेवी समेत भएको विज्ञप्ती मार्फत स्मरण गराएका छन् ।
राजविराज स्थित पविमावि, केअमाविको संस्थापक मध्येका एक र जिल्ला व्यापार संघको संस्थापक अध्यक्ष समेत रहेको रुंगटा परिवारलाई पछिल्लो समय परिस्थितिबस राजविराज हुमाननगर भन्दा भौतिक रुपमा थोरै टाढा बस्नुपर्ने अवस्था आएको जनाउँदै ‘जिवनमा यस्ता कठिन समयहरु पनि आउँछन् जतिबेला हामी भावनात्मक रुपमा कठोर बनेर पनि केही निर्णयहरु लिनुपर्ने हुन्छ । तर के हामी भौतिक रुपमा थोरै टाढिदैमा गैर नागरिक भयौं त ?’ रुंगटाले प्रश्न गरेका छन् ।
पछिल्लो चार पुस्तादेखि त्यही समाजसंगै बस्दै आएका रुंगटा परिवारका सदस्यहरु कसरी गैर नागरिक भएको बारे विज्ञप्तीमा सबाल समेत उनले उठाएका छन् । केही दिन यता रुंगटा परिवारजन दुई देशको नागरिक रहेको समाचार पनि मिडियामा सार्वजनिक भएको थियो । सो प्रति लक्षित गर्दै उनले ‘२०३० सालको दशक देखि नेपाली नागरिकको रुपमा हनुमाननगर तथा राजविराज बस्दै आएको रुंगटा परिवार रहरले सप्तरीबाट टाढिएको होईन् । यस तथ्यबाट हाम्रो समाजका अगुवाहरु अनभिज्ञ हुनुहुन्न’ विज्ञप्ती मार्फत जनाईएको छ ।
रुंगटा परिवारको घर जग्गा लगायतका सम्पतीहरु यही रहेको उल्लेख गर्दै उनले नागरिकता, विभिन्न प्रकारका साना तिना प्रक्रियागत त्रुटिहरुको आधारमा रुंगटा परिवारलाई नाकारात्मक चर्चाको पात्र बनाइएको प्रति विज्ञप्ती मार्फत असंतुष्टि पोखेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ