News Category 2080/11/08
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान सप्तरीमा फागुन १३ गतेदेखि चैत २ गतेसम्म तीन चरणमा संचालन हुने भएको छ ।
जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको संचारकर्मी तथा सरोकारवालाहरु सँगको अन्तरक्रियामा १ लाख ८७ हजार ८ सय ९२ जना बालाबालिकालाई खोप दिने लक्ष्य रहेको जानकारी दिइएको छ ।
कार्यक्रममा मधेश प्रदेशको ८ जिल्ला मध्ये सप्तरी, बारा, सिरहा, रौतहट र पर्सामा गत वर्ष दादुरा रुबेला रोग शुन्यमा झरेको देखिए पनि सर्लाही, महोत्तरी र धनुषमा भने फाटफुट रुपमा यो रोग देखिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयाका प्रमुख देव कान्त झाका अनुसार १८ पालिका रहेको जिल्लामा पहिलो चरणमा सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका र तिलाठी कोईलाडी गाउँपालिकामा फागुन १३ गतेदेखि फागुन १७ सम्म अभियान संचालन हुनेछ ।
दोश्रो चरणमा फागुन २० गते देखि फागुन २४ सम्म डाक्नेश्वरी नगरपालिका, बोदे बर्साईन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका र विष्णुपुर गाउँपालिकामा अभियान चल्ने छ ।
यस्तै तेश्रो चरणमा जिल्लाको सुरुङा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, राजविराज नगरपालिका र अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा फागुन २७ गते देखी चैत २ सम्म अभियान चल्ने छ ।
अभियान अन्र्तगत जिल्लाभरमा ८ सय ८ वटा खोप केन्द्र कायम हुने र यसमा १ हजार ६ सय १६ स्वास्थ्यकर्मी तथा २ हजार ४ सय ३२ स्वयम सेवक परिचालन हुने स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिए ।
सो अवसरमा उनले दादुरा रुबेला रोगबाट संक्रमित एक जना ब्यक्तीले १८ जना सम्मलाई संक्रमित बनाउन सक्ने भन्दै खोपको पुर्ण मात्रा लगाएर सबैलाई सुरक्षित बनाउने उद्देश्यले अभियान चलाइएको र यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य अधिकृत हिरेन्द्र प्रसाद साहले अभियानमा तालिम प्राप्त स्वास्थ्यकर्मी विभिन्न पालिकामा कायम गरिएको खोप केन्द्रमा खटिने बताए । उनले ९ महिना देखि ५ वर्षको एउटा समुह र ५ वर्ष देखि १५ वर्ष उमेर समुहका अर्काे गरी २ भागमा विभाजन गर्दै उक्त खोप लगाउने जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनीधी दिल बहादुर शाहीले उक्त खोप अभियानको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती, पत्रकार महासंघ तथा अन्य सरोकारवाला निकायबाट अनुगमन समेत हुने भन्दै यसले प्रभावकारी रुपमा अभियान चलाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।
जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, गैसस महासंघ सप्तरीका उपाध्याक्ष बलदेवम मण्डल लगायतले पनि बोल्दै खोप अभियान सफल बनाउन आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ