News Category 2080/11/14
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय बन्द गरि गाउँपालिकामा धर्नामा
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
एक वर्षदेखी तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले सोमबार पालिकाका सबै विद्यालय बन्द गरि गाउँपालिका कार्यालय अगाडी धर्नामा बसेका छन् ।
शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा विद्यालय बन्द गरि धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
संघर्ष समितिको अगुवाइमा पालिका अगाडी धर्ना कार्यक्रम सुरु भएसँगै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।
संघर्ष समितिका पदाधिकारी रुपकान्त मिश्रले आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने बताए । उनका अनुसार पालिकाभित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत एक वर्ष भन्दा बढी समयदेखीको तलब पाउन सकेका छैनन् ।
अर्का शिक्षिका रामपरि देवी यादवले विगत एक वर्षदेखी आश्वासन मात्र पाइने गरेकाले बाध्य भई विद्यालय बन्द गरि धर्नामा बसेको बताउँदै कोही शिक्षक १७ महिनादेखी त कोही शिशक्षक १२ महिनादेखी तलब पाउन नसकेको जानकारी समेत दिइन् ।
लामो समयदेखी आफूहरुले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरुको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउँदै आएका छन् ।
शिक्षकहरुले कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरुको तलब खुवाउन भन्दै चार महिना अघि नै प्रमुख प्रशासकीय अधिकृत आनन्दलाई अख्तियारी दिइसकेपनि लस्उनी कार्यालय पनि कमै आउने गरेको गुनासो गरेकी छिन् । पछिल्लो समय भने गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत आनन्दको सरुवा नै भइसकेको जानकारी गराएपछि शिक्षकहरु थप आन्दोलित भएका छन् ।
शिक्षकहरुले अघिल्लो दिन मात्र समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी किरण थापा र कार्यवाहक अध्यक्ष यादवलाई एक ज्ञापनपत्र बुझाई तत्काल आफूहरुको माग सम्बोधन नगरिए विद्यालय बन्द गरि धर्नामा बस्ने जानकारी गराएका थिए । तर पनि तलब खुवाउने तर्फ कुनै पहल नहुँदा बाध्य भई विद्यालय बन्द गरि धर्नामा बस्नु परेको शिक्षकहरुको भनाई छ ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ