News Category 2080/11/15
दोश्रो दिन पनि विष्णुपुरका सबै विद्यालयको पठनपाठन ठप्प
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
एक वर्ष देखि तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले दोश्रो दिन मंगलबार पनि पालिका अन्तर्गतका सबै विद्यालय बन्द गरी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
पालिका क्षेत्र भित्र रहेका सबै १८ वटै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी अघिल्लो दिन सोमबारदेखि विद्यालय बन्द गरी गाउँपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना वसेका हुन् ।
जसकारण विद्यालयको पठन पाठन मात्र नभई गाउँपालिका कार्यालयको दैनिकी कामकाज समेत प्रभावित बन्न पुगेको छ ।
विगत एक वर्षदेखि तलब नपाएका उनीहरुले बाँकि बक्यौता तलब नपाएसम्म काममा नफर्कने अडान लिएका छन् । विद्यालय कर्मचारी र शिक्षकद्वारा गठित संघर्ष समितिका सदस्य रुपकान्त मिश्रले माग पुरा नभए सम्म काममा नफर्किने निर्णय भएको सुनाए । पालिका भित्रको आन्तरिक विवादका कारण ५ मावि र १३ आधारभुत विद्यालयका करिब २ सय शिक्षक र विद्यालयका कर्मचारीहरुले एक वर्षदेखि तलब पाउन नसकेको उनको भनाई छ ।
लामो समयदेखि तलब पाउन नसक्दा कोही बैंकमा गरगहना बन्धकी राखेर त कोही जग्गा धितो राखेर ऋण लिई घर व्यवहार चलाउने गरेको शिक्षक रामचन्द्र साहले बताए ।
कार्यवहाक गाउँपालिका अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरुको तलब खुवाउन आफुले प्रमुख प्रशासकिय अधिकृत उज्जवल आनन्दलाई ४ महिना अघि नै अख्तियारी दिइ सकेपनि उनी विभिन्न कारण देखाई चेक काट्न आलटाल गर्दै आएको बताईन ।
केही समय अघि सम्पन्न गाउँसभामा केही कानुनी जटिलताका कारण प्रमुख प्रशासकीय अधिकृतले आर्थिक कारोबारमा हात हाल्न आलटाल गर्दै आएको जनप्रतिनिधीहरु बताउँछन् ।
गाउँसभा बारे अन्यौलता र जनप्रतिनिधी बीचको आन्तरिक किचलोका कारण अस्तब्यस्त बनेको पालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत आनन्द पनि कहिले काही मात्र आउने गरेको कर्मचारीहरु बताउँछन् ।
शिक्षकहरुले दुई दिन अघि र गत मंसिर ७ गते तलबका विषयमा गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कायाँलयमा एक ज्ञापन पत्र पनि बुझाएका थिए । तर सो उपर कुनै सुनवाई नभएकाले बाध्य भई विद्यालय नै बन्द गरी आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव र लेखापाल टेक नारायण यादव हाल निलम्बीत अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विषेश अदालतमा आरोप पत्र दायर गरेपछी उनीहरु निलम्बित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ