News Category 2080/11/15
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ सप्तरी युथको ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
जिल्लाको शिक्षा क्षेत्र दिनप्रतिदिन धरासायी बन्दै जानु चिन्ताको बिषय भएको भन्दै सप्तरी युथ नेपालले शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
युथ नेपालले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।
‘सरकारी शिक्षा स्थानीय तहको जिम्मा लगाइएपछि राम्रो हुने अपेक्षा सबैले गरेका थिए । तर, झन् बर्बादतर्फ उन्मुख भइरहेको कुरालाई नकार्न सकिन्न’ ज्ञापनमा भनिएको छ, ‘पछिल्ला दृष्टान्तहरु हेर्ने हो भने विद्यालयको अनुगमन नहुने, शिक्षक र विद्यार्थीको समयमा विद्यालयमा उपस्थिति नहुने क्रम बढेको छ । अर्काेतर्फ पालिकाले समयमा शिक्षक, कर्मचारीको तलव नदिने अवस्था समेत देखिएको छ । यसले सामुदायिक शिक्षा अझ कमजोर बन्दै गएको अवस्था छ ।’
सामुदायिक विद्यालयको अलाबा प्लस टू र कलेजहरुमा पनि पढाई भइनरहेको ज्ञापनमा भनिएको छ । ‘कतिपय ठाउँमा शिक्षकको चरम अभाव छ, भएको ठाउँमा पनि नियमित पढाई भइरहेको छैन्’ ज्ञापनमा भनिएको छ, ‘कतिपय कलेजमा त जथाभावी घरमा बसिरहने व्यक्तिको पनि नाम दर्ता गराई परीक्षामा मात्रै सामिल गराउने काम भइरहेको छ ।’
शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधान गर्न अभिभावकको नाताले ध्यान दिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ