News Category 2080/11/16
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
विभिन्न विवादका कारण सप्तरीका दुई स्थानीय तहमा लगाइएको तालाबन्दी बुधबार सहमति पश्चात् खोलिएको छ ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा लगाइएको ताला सहमति पश्चात् खोलिएको हो । दुबै स्थानमा सम्बन्धीत पालिकाका असन्तुष्ट वडाअध्यक्षहरुले नै तालाबन्दी गरेका थिए ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्षमा फागुन १ गते तालाबन्दी गरिएको थियो । आफूलाई गैरकानुनी ढंगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरिएको भन्दै गुरुङ नगर कार्यपालिका र कार्यवाहक नगरप्रमुख इसरत परविनलाई विपक्षि बनाउँदै उत्प्रेशन मुद्दा लिएर अदालत पुगेपछि आक्रोसित बनेका केही वडाअध्यक्षले उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले गुरुङकै पक्षमा आदेश जारि गरेपनि दुबैबीच समझदारी बन्न नसक्दा गुरुङको कार्यकक्षमा तालाबन्दी कायमै रहेको थियो । जसकारण नगरपालिकाको दैनिकी कामकाजका साथै विभिन्न सेवाप्रवाह र आर्थिक कारोबार ठप्प भएको थियो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको उपस्थितिमा बुधबार कार्यबाहक नगरप्रमुख परविन, प्रमुख प्रशासकीय अधिकृत गुरुङ, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको बैठकबसी सहमति गराइएपछि तालाबन्दी खुलेको हो ।
सो क्रममा दुबै पक्षले एक अर्काको अधिकार क्षेत्रमाथी अनावश्यक हस्तक्षेप नगर्ने तथा नगरपालिकाको दैनिकी कामकाज, सेवा र विकास निर्माण कार्य प्रभावित हुन नदिन एक आपसमा समन्वय गरि अघि बढ्ने प्रतिबद्धता आएको बैठकमा सहभागि पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवले जानकारी दिए ।
यस्तै विवादित जग्गाको सिफारिसको विषयलाई लिएर गत चार दिनअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको कार्यकक्षमा केही वडाअध्यक्षहरुले गरेको तालाबन्दी पनि बुधबारै खोलिएको छ ।
संघर्ष समितिका संयोजक समेत रहेका वडा अध्यक्ष अरुण कुमार चौधरीसहितको टोली तथा गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको टोलीबीचको वार्तामा चार बुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो ।
यसअघि गाउँपालिका अध्यक्ष चौधरीले गरेको इटहर्वा बजारको जग्गा सिफारिस पत्रलाई संशोधन गरि भूमिसुधार तथा मालपोत कार्यालयलाई अर्को सिफारिस पत्र पठाउने, अब उपरान्त गाउँपालिकाको कामकाज प्रभावित हुने गरि कुनै कार्य नगर्ने÷गराउने, जनप्रतिनिधि र कर्मचारीमाथी सम्मानजनक व्यवहार गर्ने, कुनै समस्या भए वार्ता र छलफलका माध्यमबाट समाधान खोज्ने सहमति बनेको संघर्ष समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ