News Category 2080/11/17
महाशिरात्रीको तयारी तिब्र
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तिब्र रुपमा भइरहेको छ । यस वर्ष महाशिवरात्रीको अवसरमा एक लाख भन्दा बढी श्रद्धालु आउने अनुमानसहित आवशयक तयारी सुरु गरिएको हो ।
यस पल्ट फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्री परेको छ । विहीवार मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष धु्रव प्रसाद देवको अध्यक्षतामा वसेको बैठकले महाशिवरात्रीका दिन यस पटक एक लाख भन्दा बढी श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी शूरु गरेको छ ।
महाशिवरात्रीको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, महाआरती लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष देवले बताए ।
मन्दिरको रंगरोगनको जिम्मा राजविराज नगरपालिकाले लिएको समितीका सदस्य संजय कुमार झाले बताए । भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवकका साथै जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाईने तयारी भएको अध्यक्ष देवले बताए ।
मुल पुजारी महेश्वर भारतीले यस पल्ट मन्दिर परिसरमा भजन, किर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै १ लाख २५ हजार दीपप्रज्जवलन तथा महाआरती कार्यक्रमको समेत आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वरनाथ, डाक्नेश्वरी लगायतका शिवालयहरुमा पनि महाशिवरात्रीको तयारी शूरु गरिएको सम्बद्ध मन्दिर समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ