News Category 2080/11/17
महाशिरात्रीको तयारी तिब्र
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तिब्र रुपमा भइरहेको छ । यस वर्ष महाशिवरात्रीको अवसरमा एक लाख भन्दा बढी श्रद्धालु आउने अनुमानसहित आवशयक तयारी सुरु गरिएको हो ।
यस पल्ट फागुन २५ गते शुक्रवारका दिन महाशिवरात्री परेको छ । विहीवार मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष धु्रव प्रसाद देवको अध्यक्षतामा वसेको बैठकले महाशिवरात्रीका दिन यस पटक एक लाख भन्दा बढी श्रद्धालु आउने विश्वासका साथ आवश्यक तयारी शूरु गरेको छ ।
महाशिवरात्रीको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, महाआरती लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको अध्यक्ष देवले बताए ।
मन्दिरको रंगरोगनको जिम्मा राजविराज नगरपालिकाले लिएको समितीका सदस्य संजय कुमार झाले बताए । भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवकका साथै जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था मिलाईने तयारी भएको अध्यक्ष देवले बताए ।
मुल पुजारी महेश्वर भारतीले यस पल्ट मन्दिर परिसरमा भजन, किर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै १ लाख २५ हजार दीपप्रज्जवलन तथा महाआरती कार्यक्रमको समेत आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वरनाथ, डाक्नेश्वरी लगायतका शिवालयहरुमा पनि महाशिवरात्रीको तयारी शूरु गरिएको सम्बद्ध मन्दिर समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ