News Category 2080/11/19
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
राजविराज÷मधेश प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री कृष्णा यादवले वर्तमान गठबन्धनकै सरकारले निरन्तरता पाइराखे भने सहमति भए अनुसार नै काँग्रेसले पनि सरकारको नेतृत्व गर्ने अवसर पाउने दाबी गरेका छन् ।
शनिबार सप्तरी सदरमुकाम राजविराज आएका नेपाली काँग्रेस मधेश प्रदेशका सभापति समेत रहेका मन्त्री यादवले संचारकर्मीहरुसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
एमाले प्रदेश सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीसँग भएको छलफलमा काँग्रेसले पनि सरकारको नेतृत्व गर्ने अवसर पाउने बताउँदै मन्त्री यादवले भने, “प्रधानमन्त्रीले भने, यो मुख्यमन्त्रीलाई निरन्तरता दिनुस, अब अर्को आलोपालो मै सरकार जाने हो, अर्को बैठकमा छलफलबाट टुङ्गो लगाउँला, यो कुरा निश्चित छ, यही गठबन्धन अगाडीसम्म बढ्दै गयो भने आलोपालोमै नेपाली काँग्रेसको पनि पालो आउछ ।”
मधेश प्रदेशलाई समृद्ध प्रदेश बनाउने काँग्रेसले जमर्को बोकेकोले आलैपालैमै प्रदेश सरकारको नेतृत्व गर्ने निर्णय भए अनुसार नेपाली काँग्रेसले अबको नेतृत्व गर्ने अवसर पायो भने मधेश प्रदेशमा सरकारको अनुभुति दिलाउने उनको दाबी छ ।
उनले ६ वर्षसम्म जसपाको नेतृत्वको सरकारबाट प्रदेशका जनताले के अनुभुति ग¥यो भन्ने कुरा जनताले बताउने उल्लेख गरे ।
महिलाले महत्वपूर्ण
भूमिका खेल्नुपर्नेमा जोड
शनिबारै राजविराजमा आयोजित सामाजिक रूपान्तरण बि.पी. को विचार स्थानीय सांस्कृतिक कला तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी मन्त्री यादवले आर्थिक समृद्धि बिना कुनै पनि क्षेत्रमा समृद्धि असम्भव भएकोले यसका लागि महिलाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
महिलाले ५ हजारमात्र आम्दानी गरेपनि घरको समृद्धिको लागि लगानी गर्दै आएकोले महिलाले परिवार प्रति ठूलो जिम्मेवारी निर्वाह गर्दै आएको उनको भनाई छ ।
नेतृत्वले मधेस प्रदेश समृद्धि नचाहेकोले अब आउने दिनमा मधेस मात्र नभएर मधेस प्रदेश समृद्धि बनाउने दाबी उनले गरे ।
सोह कार्यक्रममा वरही विरपुरकी १ सय २८ वर्षिया अमरोदी यादव, प्रमुख अतिथी, पत्रकार सुधा देव, करूणा झा, विन्दु यादव, केदारप्रसाद देव, पूर्व प्रअ जितेन्द्र नारायण देव, शुभनारायण मण्डल, राजदेव साह, सुजाता देव, सर्वेश्वरी झा लगायत ३१ जनालाई सम्मान गरिएको थियोे ।
बि. पी बिचार समाजका अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका सहमहामन्त्री बिन्दु यादव, परशुराम चौधरी, जिल्ला सभापति रामदेव साह, गैससका वरिष्ठ उपाध्यक्ष ध्रुब देव, फत्ते मोहम्मद नेपाली कांग्रेसका जिल्ला सचिव सनत मण्डल, प्रभुनारायण चौधरी, भुवनेश्वर साह, मधेस प्रदेशका सचिव शम्भु यादव, जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, कांग्रेसका नेता अर्जुन साह, तिरहुत गाउँपालिकाको अध्यक्ष विजय यादव, आयोजकको तर्फबाट रंजु साह, ममता देव,ज्योति देव लगायतले आफ्ना धारणा राखेका दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शम्भु देवले स्वागत मन्तव्य दिएका थिए ।
बि.पी बिचारका सचिव गुलाव अंसारीद्वारा संचालित कार्यक्रम नृत्य तथा गायन प्रस्तुत गरिएको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ