News Category 2080/11/20
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
जसपा निकट समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन भएको छ । प्रदेश समितिको राजविराजमा आईतवार वसेको प्रथम बैठकले हरेराम यादवको अध्यक्षतमा ३१ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बन्द सत्रले उपाध्यक्षमा मनोज कुमार सिंह, अरुण कुमार यादव, डम्बर कुमारी न्यौपाने, मुख्य सचिवमा श्रीराम गीरी, सचिवमा मो. सविर अली र कोषाध्यक्षमा जयन्ति देवीलाई निर्विरोध चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा अयोधि प्रसाद यादव, अंगत प्रसाद साह, जिवछ यादव, चनर देव खंग, जगदिश यादव, श्रीलाल यादव, राम देव यादव, चन्देश्वर यादव, राजोपित यादव, मानन चौधरी, संजय सिंह, कविता महतो, ललित नारायण महतो, रामसुखित यादव, हरिगोपाल यादव, सुधिर यादव, अरुण यादव, युगल किशोर कापर, रामचन्द्र कलवार, राम किशुन राय, गौरी राय, भिखारी राउत कुर्मी र श्याम बावु प्रसाद चयन भएका छन् ।
सो अवसरमा समाजवादी किसान संघका राष्ट्रिय अध्यक्ष संजय सिंह तथा जसपा नेपालका राजनीति समिति सदस्य शैलेन्द्र साहको विषेश उपस्थिती रहेको थियो. ।
निर्विरोध चयन भएका समितिका नवनिर्वाचित पदाधिकारीहरुले कृषि क्षेत्र तथा किसानका समस्या समाधानका लागी आपूmहरुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बन्द सत्रमा मधेश प्रदेशका ८ वटै जिल्लाका १ सय २० जना किसान प्रतिनिधी सहभागी भएको जनाइएको छ ।
जसपा निकट समाजवादी किसान महासंघको प्रथम प्रादेशिक भेलाको यस अघि अघिल्लो दिन शनिवार जसपा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ