News Category 2080/11/20
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सार्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्षहरुले आइतवार कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् ।
कुल १२ वडा रहेको नगरपालिकाका ७ वटा वडाध्यक्षहरुले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र मार्फत आ.ब.२०८०÷०८१ को आयब्यव सार्वजनिक गर्नु पर्नेसहित कर्मचारीहरुको दरबन्दी मिलान गर्नु पर्ने, दुई चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्नू पर्ने, नगपालिकाको प्रशासनिक खर्च सहितको रेडबुक तथा वेवसाइडमा अभिलेख राख्नु पर्ने, १५ शैयाको अस्पताल निर्माण गर्नूृ पर्ने लगायतका ८ बुंदे माग अघि सारिएको छ ।
वडा १ का वडाध्यक्ष जिवछ साह, २ का वडाध्यक्ष दुर्गानन्द भगत, ३ का वडाध्यक्ष नविन चौधरी, ५ का वडाध्यक्ष जामुन चौधरी, ६ का वडाध्यक्ष सचेन्द्र चौधरी, ७ का वडाध्यक्ष गोपाल चौधरी र १० का वडाध्यक्ष सत्यनारायण साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्र मार्फत तीन दिन भित्र मागँ पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र मार्फत यस अघि उक्त मागहरु सम्बोधनका लागी पटक÷पटक कार्यवाहक मेयर चौधरीसँग वार्ता गर्दा रुखो ब्यवहार देखाएको उल्लेख गर्दै आपत्ती सहित त्यस्तो गल्ती सच्याउन तथा माफी माग्न समेत माँग गरिएको छ ।
शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् । मेयर निलम्बित भएपछि हाल उपमेयर चौधरी कार्यवाहक मेयर भई नगरपालिका चलाउदै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ