News Category 2080/11/21
फागुन २७ देखि रुपनीमा दादुरा रुबेला विरुद्धको खोप लगाईदै
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकामा यही फागुन २७ गतेदेखि चैत २ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिकाको सबै ६ वटै वडामा सो अभियान सञ्चालन हुने जनाइएको छ ।
रुपनी गाउँपालिकाले सोमवार दादुरा रुबेला खोप बारे सरोकारवालाहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले अभियानमा ९ हजार ३ सय १८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जानकारी दिए । उनले ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै वडामा व्यवस्था मिलाई सकिएको उनले बताए ।
रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित पालिका स्तरीय कार्यक्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, वडा नं. ४ का वडाअध्यक्ष छेदी ईसर, वडा नं. ५ का वडाअध्यक्ष गंगाराम यादव लगायतकाले गाउँपालिका भित्र ५ दिन सम्म संचालन हुने अभियान सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ