News Category 2080/11/21
सप्तरीमा २० हजारको हाराहारीमा एकल महिला भएको तथ्याङ्क सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
राजविराजस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सोमबार हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा बिस्तार गर्दै यस्तो अभियान सुरु गरेको हो ।
एकल महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक पक्षलाई सबल बनाई सशक्तिकरण गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाकी प्रमुख जुही ठाकुरले जानकारी दिएकी छिन् ।
घरेलु हिंसा, गरिबी, दाइजो, घर निकाला, अशिक्षा लगायत विभिन्न कारणले कष्टकर जिवन बिताइरहेका एकल महिलाहरुलाई संगठित गरि क्षमता अभिबृद्धि, शिपमुलक तालिम तथा सचेतनाका विभिन्न कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो अभियान चलाइएको प्रमुख ठाकुरले बताईन् ।
केन्द्रको उद्घाटन समारोहमा उनले मुलुकभर कुल २० लाख ४१ हजार ५ सय २० एकल महिला रहेको तथ्याङ्क समेत प्रस्तुत गरिन् । एकल महिलाको जिवनस्तरमा सुधार ल्याउन राज्यले धेरै नीति निर्माण र योजना ल्याएको बताइरहँदा पनि ब्यवहारमा त्यस्तो नदेखिएको र कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको उनले बताइन् ।
यस्तै सप्तरीमा झण्डै २० हजारको हाराहारीमा एकल महिला रहेको अनुमान गरिएको छ । यद्दपी यसबारे तथ्याङ्क संकलनको काम चलिरहेको उनले जानकारी दिइन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १० इनरवा बजारमा बिस्तार गरिएको केन्द्रको शाखा क्रमशः जिल्लाका सबै १८ वटै पालिकामा बिस्तार गर्दै अभियानलाई गति प्रदान गरिने उनको भनाई छ ।
उनले ठूलो संख्यामा एकल महिला रहेपनि हिंसामा परेका तथा घरवार बिहीन भएका त्यस्ता महिलालाई सुरक्षित वास स्थानका लागि एउटा पनि महिला सेफ हाउस जिल्लामा नहुनु दुःखद विषय भएको बताइन् । सेफ हाउस नहुँदा पीडित महिलालाई सुरक्षित साथ राख्न समस्या हुने गरेको भन्दै उनले राज्यले अविलम्ब यसतर्फ ध्यान नदिए सबैको साथ र सहयोग लिएर निकट भविष्यमै केन्द्रले आफै सेफ हाउस निर्माणका लागि पहल गर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कांकालिनी नगरपालिकाका उपमेयर सरितादेवी यादव सिपलियाले एकल महिलाको जिवनस्तरमा सुधार र सशक्तिकरण क्षेत्रमा पालिकाको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
केन्द्रकी प्रमुख ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देव, सगरमाथा अपाङ कल्याण समाजका अध्यक्ष बलदेव मण्डल, संस्थाकी कोषाध्यक्ष सरिता भगत, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी, प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर लक्ष्मण शर्मा, आयोजक संस्थाकी उपाध्यक्ष पिंकी झा, सचिव रेखा मण्डल लगायतले अभियानको प्रसंशा गर्दै सफलताको शुभकामना दिए । कार्यक्रम संचालन समाजसेवी कमल मण्डलले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ