News Category 2080/11/23
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
सात वर्षअघि भएको मलेठ घटनाको सम्झनामा बुधबार साँझ राजविराजमा मैनबती प्रज्वलन गरिएको छ ।
राजबिराज ९ स्थित मलेठमा सहिद स्तम्भमा जसपा नेपाल सप्तरीले श्रद्वाञ्जली अर्पण गर्दै मैनबती प्रज्वलन गरेको हो ।
तत्कालीन मधेशी मोर्चा र नेकपा एमालेबीचको द्वन्द्वका कारण सिर्जित घटनामा सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवको मृत्यु भएको थियो ।
२०७३ फागुन २३ गते एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा सभा गर्ने तयारी र सभा गर्न नदिने तत्कालीन मधेशी मोर्चाको अडानका बीच भएको झडपमा मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र र बस्तीमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो ।
समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादब, समाजवादी बिधार्थी युनियन संजय यादब, युवा निकट केन्द्रीय सचिव विशाल यादब, प्रदेश सचिव बिजय साह, युवा जिल्ला सचिव सुधिर यादब लगायतले शहिद स्तम्भमा मैनबती प्रज्वलन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ