News Category 2080/11/23
टिपरको ठक्करबाट व्यापारी साहको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरमा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार स्थानिय ब्यापारी अशोक साहको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र२–०१–००प९६३४ नम्बरको साह चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको क.१ख.८६३ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनरुप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साह रुपनगर चौकको पुराना तथा सप्तरीकै प्रतिष्ठित व्यापारी हुन् ।
ब्यापारी साहको मृत्यु भएको बिरोधमा स्थानीयबासी र मृतकका आफान्तहरुले २ घण्टा देखि रुपनगर चौकमा टायर बालेर सडक जाम गरि प्रदर्शन गरेका थिए । पीडितले उठाएको माग बमोजिम टिपर चालकलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक अवरुद्ध खुलेको छ ।
यता कञ्चनरुप ब्यापार संघका सचिव शशी साहले शोक सन्देश जारी गर्दै बिहीबार १२ बजेसम्म व्यापार व्यवसाय बन्द गर्न अह्वान गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ