News Category 2080/11/24
शुद्धिकरणमा परेकाहरुद्वारा पत्रकार महासंघमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरीमा सदस्यता शुद्धिकरणमा परेकाहरुले तालाबन्दी गरेका छन् ।
पीडित पत्रकारहरुको समूह सप्तरी लेखिएको व्यानरमा तीन बुँदे माग राख्दै उनीहरुले बिहीबार महासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नविकरण नगरेको र योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको सहितका माग पुरा नभए सम्मका लागि तालाबन्दी गरिएको समूहका अगुवा जितेन्द्र खड्काले जानकारी दिए ।
शुद्धिकरण सम्बन्धमा केन्द्रबाट आएको सर्कुलरको सम्मान गर्दै स्थानिय स्तरमा मापदण्ड निर्धारण गरेर शुद्धिकरण गर्न आफूले सुझाव समेत दिएको खडकाले बताए । ‘सप्तरीको साथीहरुले शुद्धिकरण गर्दा शाखाप्रतिको योगदानलाई कदर गर्न सुझाव दिएको थिए’ उनले भने ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासंघको कार्यालयमा तालाबन्दी गर्नु न्यायोचित काम नभएको बताएका छन् । उनले महासंघ विधि र प्रक्रियाबाट चल्ने नागरिकहरुको अगुवा संस्था भएकोले कार्यालयमा तालाबन्दी गर्नु निन्दनीय काम भएको बताए ।
असंतुष्ट पक्षले ज्ञापनपत्र बुझाए लगतै महासंघको कार्यसमितिले पत्रकार सम्बद्ध संगठन समेतको सहभागितामा वार्ताबाट समस्याको समाधान गर्ने निर्णय गरे अनुसार उहाँहरुलाई वार्तामा बोलाईएको भएपनि वार्ता प्रक्रियाबाट पछि हटेर गलत मानसिकताबाट प्रेरित भई महासंघमा तालाबन्दी गरेको अध्यक्ष देवले प्रतिक्रिया जनाएका छन् ।
‘पटक–पटक साधारण सभा गर्ने प्रयास भएकै हो, गत बैशाख २५मा साधारण सभा गर्न लाग्दा सो हुन नदिन सल्लाहकार खडका पनि कसेरै लागे । शुद्धिकरणमा पनि वहाँको अग्रणी भूमिका छ, अनि अहिले आएर दोहरो भूमिका गर्नु भएन’ अध्यक्ष देवले भने,‘पछिल्लो पुस २० गते साधारणसभा गर्न लाग्दा केन्द्रले रोकेको छ, त्यहाँबाट निर्देशन भएपछि हामी गर्ने नै छौं ।’
लामो समय देखि पत्रकारीता पेशा छोडेर अन्य पेशा व्यवसायमा गएकाहरुलाई केन्द्रले तोकेको १५ बुँदे शुद्धिकरण मापदण्ड अनुसार सदस्यताबाट हटाईएको र पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने प्रयास गरिएको अध्यक्ष देवले बताए ।
नेपाल पत्रकार महासंघ नागरिकहरुको अगुवा संस्था, प्रेस अभिवक्ति स्वतन्त्रताको रक्षार्थ लडदै आएका संस्थामा तालाबन्दी गर्नु प्रेस स्वतन्त्रतालाई कुठित पार्ने काम भएको अध्यक्ष देवको भनाई छ ।
वार्ता र सम्वादको ढोका अहिले पनि खुल्ला नै रहेकोले उनीहरुलाई वार्तामा बसेर समस्याको निकास निकाल्न देवले आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ