News Category 2080/11/24
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना

दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
राजविराज जेसीजले महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
राजविराज जेसीजको आयोजना र नेपाल परिवार नियोजन संघ सप्तरी शाखाको सहकार्यमा बिहीबार राजविराजमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुनित कुमार मुन्नाले जानकारी दिए ।
सो कार्यक्रममा राजविराज जेसीजकी पूर्व अध्यक्ष नानीमैया कटवालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रमले महिला स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने बताइन ।
राजविराज जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष विप्लव आनन्दले महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले समाजमा एउटा बेग्लै छाप छोड्ने बताए ।
आगामी दिनमा पनि राजविराज जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने राजविराज जेसीजका महसचिव जेसी पंकज कुमार देवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ