News Category 2080/11/29
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
नागरिक समाज सवलिकरण परियोजना अन्र्तगत बालक्लब संजाल र युवाक्लब संजालसंग लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा खडक नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुरको समन्वयमा सबल नेपाल सप्तरीले खडक नगरपालिकास्थित कल्याणपुरमा सो कार्यशाला गोष्ठी आइतबार आयोजना गरेको हो ।
लागूऔषध प्रयोग बिरुद्ध परामर्श कार्यशाला गोष्ठीमा लागूपदार्थ दुव्र्यसनी बिरुद्ध ज्ञान सीप र धारणामा बिकास गर्नु, लागू पदार्थ दुव्र्यसनी सम्बन्धि नीति तथा कार्यविधिमा अभिमुखिकरण हुनु, लागुपदार्थ सेवन बिरुद्ध पैरवी गर्नु लगायतका उद्देश्यमाथि प्रकाश पारिएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख अनिता साहको संयोजनमा सम्पन्न लागुपदार्थ दुव्र्यसनी बिषयक एक दिवसीय परामर्श कार्यशालामा ३५ जना बाल क्लब संजाल, युवा क्लब संजाल र बिभिन्न बिषयगत शाखाहरूको उपस्थिति रहेको थियो ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख सुभम अधिकारी र निरबहादुर आलेले सहजिकरण गरेका थिए । सो कार्यशालामा सहभागीहरुबाट बार्षिक योजना निर्माण गरि पालिकालाई हस्तान्तरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ