News Category 2080/11/29
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीका एक निर्माण व्यवसायी कम्पनी सम्झौता अनुसार एक सरकारी कार्यालय भवन निर्माणको काम गर्दा पनि भुक्तानी पाउनबाट बञ्चित भएका छन् ।
राजविराज ७ निवासी राधाकृष्ण निर्माण सेवाका प्रोपराइटर कौशल्या कुमारी रजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ती कार्यालयले विभिन्न वहाना देखाउँदै भुक्तानी दिन आलटाल गरेपछि आफू निकै समस्यामा परेको गुनासो गरेका छन् । उनले काम गरेको भुक्तानी समयमा नपाउँदा आफ्नो परिवार आर्थिक, सामाजिक तथा मानसिक तनाव खेप्न बाध्य भएको बताएका छन् ।
उक्त निर्माण कम्पनीका निर्देशन बिनोद साफीले मधेश प्रदेश सरकारको बजेटबाट भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको प्रशासनिक भवन निर्माण कार्यको लागि २०८० बैशाख २६ गते सम्झौता भएको र बैशाख २९ गते कामका लागि कार्यादेश समेत पाएको जानकारी दिए ।
सम्झौता अनुसार पहिलो चरणको ग्राउण्ड लेभलको काम पुरा गरेपछि २०८० असार मसान्तमा निर्माण कम्पनीले मुल्य अभिबृद्धि कर कटाएर ४५ लाख भुक्तानी पनि पाएका थिए ।
त्यसपछि पहिलो तल्लाको गरिएको निर्माण कार्यको रकम भने विभिन्न बहानामा रोकिएको निर्माण कम्पनीका निर्देशक साफीको भनाई छ । “दोश्रो चरणमा तोकिएको समय सीमा भित्रै पहिलो तल्लाको भवन निर्माणको काम पनि सक्यौं, निर्देशक साफीले भने, “तर, त्यसमा लागेको खर्च ६६ लाख २६ हजार ५ सय ४२ रुँपैया हालसम्म भुक्तानी पाउन सकेका छैनौं ।”
उनले दोश्रो चरणको काम सकिएको भन्दै प्राविधिक रिपोर्ट लगायतका अन्य आवश्यक सबै विवरणसहितको कागजात उपलब्ध गराएपछि तत्कालिन प्रमुख झाले भुक्तानीका लागि तोक लगाएको र उनको सोही समयमा अन्यत्र सरुवा भएपछि लेखापाल र नयाँ आएका कार्यालय प्रमुख शंकर साहले विभिन्न वहाना देखाउँदै भुक्तानी रोकेको बताए । उनले बहुवर्षिय योजना बमोजिम समयमै काम सम्पन्न गर्दै जाँदा पनि भुक्तानी रोकिनुले निर्माण कम्पनीको ठूलो लगानी फसेर अन्य कामकाज समेत प्रभावित बन्न पुगेको बताए ।
समयमा काम गरेको रकम नपाउँदा भवन निर्माणको थप काम समयमै सम्पन्न गर्न कठिनाई भएको भन्दै निर्माण कम्पनीले सोबाट हुने क्षति समेतको जिम्मेवार कार्यालय नै हुने भनी पटक पटक उक्त कार्यालयका साथै मधेश प्रदेशको भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्थानिय प्रशासनलाई पनि लिखित र मौखिक जानकारी गराई सकेको उनले जानकारी दिएका छन् ।
यस सम्बन्धमा निर्माण व्यवसायी सप्तरीका अध्यक्ष सतिशचन्द्र मिश्रले काममा लगाएर यसरी निर्माण व्यवसायीको लगानी रोकेर राख्नु उचित नभएको बताएका छन् । उनले उक्त निर्माण कम्पनीले निर्धारित समयमै सम्पन्न गरेको कामको पैसा अविलम्ब पाउनु पर्ने भन्दै यसका लागि संघले पनि पहल थालेको बताए ।
यता भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका प्रमुख शंकर साहले अहिलेसम्म भएका निर्माण कार्यको रकम सम्बन्धीत निर्माण कम्पनीले पाउनु पर्ने पक्षमा आफू पनि रहेको भएपनि केही कारणले भुक्तानीमा समस्या भएको जनाएका छन् ।
“एकातिर गत वर्ष महालेखा परिक्षकको अडिट रिपोर्टमा उक्त निर्माण कार्यमा केही त्रृटीहरु देखाइएको छ, अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको अवस्था छ, उनले भने, “बहुवर्षिय योजनालाई भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत अर्थ मन्त्रालयमार्फत पूर्व स्वीकृती गराइनु पर्ने प्रावधान पनि पुरा गरेको देखिएन्, यी लगायतका कारणले भुक्तानीमा ढिलाई भएको हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ