News Category 2080/11/29
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी एवं जसपाका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन् ।
मंगलबार उनले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आपत्ति जनाएका हुन् । “एक अनलाइनले केही दिनअघि मेरो नाम उल्लेख गरेर तस्करहरुसित प्रहरी प्रशासनको साठगाँठ गराएको र तस्करी गराउन सक्रिय रहेको भन्दै समाचारमा प्रकाशन गरेको छ”, उनले भने, “समाचारमा मेरो फोटो समेत राखेर प्रकाशन गरेकोमा म त्यसलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।”
आफ्नो साइनो सम्बन्ध नरहेको विषयलाई जोडेर लेखिएको भ्रामक समाचारको क्रममा आफूलाई एक वचनसमेत नसोधी पत्रकारिताको मर्म विपरितको काम गरेको उनले दाबी समेत गरे ।
कपोकल्पित समाचारमा आफ्नो नाम उल्लेख गरेर मानसिक रुपमा पिडा, चरित्र हत्या र समाजिक तथा राजनीतिक जिवन नै समाप्त पार्ने प्रयास गरिएको भन्दै उनले बास्तविक्ता उजागर गरिदिन संचारकर्मीहरु सँग आग्रह समेत गरेका छन् ।
उनले राजनीतिक पुर्वाग्रह र कुनै रिसइवीका कारण विपक्षीको उक्साहटमा यस्तो भ्रामक र कपोकल्पीत समाचार लेखिएको भन्दै कारवाहीका लागी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तथा आम संचार प्राधिकरण मधेश प्रदेशमा उजुरी दिइएको जानकारी समेत दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ