News Category 2080/11/29
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी एवं जसपाका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन् ।
मंगलबार उनले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आपत्ति जनाएका हुन् । “एक अनलाइनले केही दिनअघि मेरो नाम उल्लेख गरेर तस्करहरुसित प्रहरी प्रशासनको साठगाँठ गराएको र तस्करी गराउन सक्रिय रहेको भन्दै समाचारमा प्रकाशन गरेको छ”, उनले भने, “समाचारमा मेरो फोटो समेत राखेर प्रकाशन गरेकोमा म त्यसलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।”
आफ्नो साइनो सम्बन्ध नरहेको विषयलाई जोडेर लेखिएको भ्रामक समाचारको क्रममा आफूलाई एक वचनसमेत नसोधी पत्रकारिताको मर्म विपरितको काम गरेको उनले दाबी समेत गरे ।
कपोकल्पित समाचारमा आफ्नो नाम उल्लेख गरेर मानसिक रुपमा पिडा, चरित्र हत्या र समाजिक तथा राजनीतिक जिवन नै समाप्त पार्ने प्रयास गरिएको भन्दै उनले बास्तविक्ता उजागर गरिदिन संचारकर्मीहरु सँग आग्रह समेत गरेका छन् ।
उनले राजनीतिक पुर्वाग्रह र कुनै रिसइवीका कारण विपक्षीको उक्साहटमा यस्तो भ्रामक र कपोकल्पीत समाचार लेखिएको भन्दै कारवाहीका लागी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तथा आम संचार प्राधिकरण मधेश प्रदेशमा उजुरी दिइएको जानकारी समेत दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ