News Category 2080/11/30
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
राजविराज जेसीजले बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।
राजविराज जेसीजको आयोजना र शमा आई केयर सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाच गरिएको थियो ।
शिविरमा केशो अनिरुद्धवती माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड उच्च माध्यमिक विद्यालय तथा क्षितिज एजुकेसनल फाउन्डेसनका विद्यार्थी र शिक्षकहरूको आँखा जाँच गरिएको राजविराज जेसिजका अध्यक्ष विप्लव आनन्दले जानकारी दिएका छन् ।
सम्पन्न शिविरमा ९० जना विद्यार्थी, ५ जना शिक्षक र ६ जना जेसीज सदस्य समेत गरेर १ सय १ जनाको आँखा जाँच गरि लाभान्वित भएको कार्यक्रम संयोजक सौरभ सिंहले बताए ।
उक्त अवसरमा विद्यार्थीहरुको दृष्टि परिक्षण सँगसँगै आँखाको भित्री भागहरू दृष्टी नसा, रेटिनालगायतको समेत जाँच गरिएको राजविराज जेसीजका महासचिव पंकज कुमार देवले जानकारी दिए ।
शिविर सम्पन्न पश्चात् आयोजित कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरूको लागि आँखा जाँच कार्यक्रम आयोजना गरेर राजविराज जेसीजले रचनात्मक कार्यको सुरुवात गरेको बताए । उनले युवाहरूको नेतृत्व व्यक्तित्व विकासमा क्रियाशील राजविराज जेसीजले सामाजिक र पर्यटन प्रवर्द्धन लगायतका गतिविधि प्रभावकारी रहेको दाबी समेत गरे ।
कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर कुमार पोखरेल र नानी मैया कट्वाल लगायतले निःशुल्क आँखा जाँच कार्यक्रमको आयोजना गरेर राजविराज जेसीजले विद्यार्थीहरूको आँखामा भएको समस्याले पढाइमा कस्तो प्रभाव पर्ने बारे रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ