News Category 2080/11/30
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
राजविराज जेसीजले बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।
राजविराज जेसीजको आयोजना र शमा आई केयर सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाच गरिएको थियो ।
शिविरमा केशो अनिरुद्धवती माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड माध्यमिक विद्यालय, ह्याप्पील्यान्ड उच्च माध्यमिक विद्यालय तथा क्षितिज एजुकेसनल फाउन्डेसनका विद्यार्थी र शिक्षकहरूको आँखा जाँच गरिएको राजविराज जेसिजका अध्यक्ष विप्लव आनन्दले जानकारी दिएका छन् ।
सम्पन्न शिविरमा ९० जना विद्यार्थी, ५ जना शिक्षक र ६ जना जेसीज सदस्य समेत गरेर १ सय १ जनाको आँखा जाँच गरि लाभान्वित भएको कार्यक्रम संयोजक सौरभ सिंहले बताए ।
उक्त अवसरमा विद्यार्थीहरुको दृष्टि परिक्षण सँगसँगै आँखाको भित्री भागहरू दृष्टी नसा, रेटिनालगायतको समेत जाँच गरिएको राजविराज जेसीजका महासचिव पंकज कुमार देवले जानकारी दिए ।
शिविर सम्पन्न पश्चात् आयोजित कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरूको लागि आँखा जाँच कार्यक्रम आयोजना गरेर राजविराज जेसीजले रचनात्मक कार्यको सुरुवात गरेको बताए । उनले युवाहरूको नेतृत्व व्यक्तित्व विकासमा क्रियाशील राजविराज जेसीजले सामाजिक र पर्यटन प्रवर्द्धन लगायतका गतिविधि प्रभावकारी रहेको दाबी समेत गरे ।
कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर कुमार पोखरेल र नानी मैया कट्वाल लगायतले निःशुल्क आँखा जाँच कार्यक्रमको आयोजना गरेर राजविराज जेसीजले विद्यार्थीहरूको आँखामा भएको समस्याले पढाइमा कस्तो प्रभाव पर्ने बारे रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ