News Category 2080/12/01
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
राजविराज नगरपालिकाले पशु चौपायालाई विभिन्न रोगबाट जोगाउन र पशुपालक किसानलाई राहत प्रदान गर्ने उद्देश्यले पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु गरेको छ ।
पशुपंक्षी विकास शाखामार्फत पहिलो चरणमा नगरक्षेत्रका किसानहरुसँग रहेको बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउने काम विहीवारदेखि सुरु गरिएको हो ।
अभियान अन्तर्गत नगरक्षेत्रका पशुपालकसँग रहेको झण्डै ६ हजार बाख्रालाई उक्त खोप लगाउने तयारी भएको नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख परमेश्वर यादवले जानकारी दिए ।
दोश्रो चरणमा गाईवस्तुमा हुने खोरेत रोग विरुद्धको खोप लगाईने तयारी भईरहेको उनले जानकारी दिएका छन् । अभियान अन्तर्गत नगरपालिकाबाट पशुचिकित्सक र प्राविधीकको टोली पुगेर खोप लगाउने तथा पशु रोग विरुद्ध पशुपालकलाई सचेत पार्ने काम पनि सुरु भएको कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताइन ।
नगरपालिका क्षेत्रका सबै १६ वटै वडामा संचालन हुने यो अभियानले पशु चौपायाको सुरक्षा र पशुपालक किसानको लगानी सुरक्षित हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ