News Category 2080/12/01
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्वक्याम्पस प्रमुख विष्णुप्रसाद पोखरेलले आफ्नो बुबाआमाको सम्झनामा एक जना कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले राजविराज उच्च अदालत बार एशोसिएशनलाई अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण गरेका छन् ।
राजविराज उच्च अदालत बार एशोसिएशनको सभाहलमा बिहीबार आयोजित अक्षयकोष स्थापनाका लागि चेक हस्तान्तरण कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले २ लाख १ हजार रकमको चेक उच्च बारका अध्यक्ष हरेराम यादवलाई हस्तान्तरण गरेका हुन् ।
आयोजित कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पोखरेलले बुबा काशीराज उपाध्याय र आमा गंगादेवीको सम्झना स्वरुप उक्त अक्षयकोष स्थापनाका लागि अग्रसरता देखाएको बताए । “बुबा काशीराज कानुन व्यवसायी हुनुहुन्थ्यो, न्याय क्षेत्रमा थोरै भएपनि योगदान पु¥याउनु भएका पिताको सम्झनामा यो अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हुँ, उनले भने, “यस अक्षयकोषको ब्याजको रकमबाट प्रत्येक वर्ष कानुन दिवसको अवसरमा सार्वजनिक सरोकार, नागरिक हक संरक्षण, समाजसेवाको रुपमा सप्तरीलाई कार्यक्षेत्र बनाएर महत्वपूर्ण योगदान पु¥याएका एक जना व्यक्तित्वलाई सम्मान गर्नु हो ।”
पूर्वक्याम्पस प्रमुख पोखरेलले आउँदो २०८१ सालको कानुन दिवसमा एक जना व्यक्तित्वलाई सम्मान गर्नका लागि सोही चेकमा १५ हजार रकम थप गरि हस्तान्तरण गरे ।
आफू क्याम्पस प्रमुखबाट अवकाश प्राप्त गर्ने बेलामा मविव क्याम्पस राजविराजमा ३० लाखको अक्षयकोष स्थापना गरेको स्मरण गर्दै उनले हाल सो अक्षयकोषको अवस्था अनभिज्ञ रहेकोले बुबाआमाको नामबाट बारलाई उपलब्ध गराइएको अक्षयकोषको सदुपयोग हुनेमा कुरामा विश्वस्त रहेको उनको भनाई थियो ।
सो कार्यक्रममा उच्च बारका पूर्वअध्यक्ष श्यामनारायण साहले यस्तो अक्षयकोष स्थापना स्वागतयोग्य रहेकोले पूर्वक्याम्पस प्रमुख पोखरेलप्रति आभार व्यक्त गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता सुजितकुमार पोखरेलले यस्ता कार्यले सम्पूर्ण कानुन व्यवसायीहरुको मनोबल बढ्नुका साथै अन्य तर्फबाट पनि कोषको रकमलाई बढाउन र सदुपयोग गर्नेतर्फ वर्तमान कार्यसमितिलाई ध्यानाकर्षण गराए ।
उच्च बारका कोषाध्यक्ष उमाशंकर देवले आउँदो बैशाख २६ गते कानुन दिवस रहेकोले वर्तमान कार्यसमितिले यसका लागि चाडै नै बैठक बसेर कार्यक्रम तय गर्ने बताए । उनले राजविराज वडा नं. ७ निवासी स्व. काशीराज उपाध्याय बि.स. २०२६ सालदेखी २०४५ सालसम्म सप्तरीलाई कार्य क्षेत्र बनाएर कानुन व्यवसायीको रुपमा कार्यरत रहेको जानकारी समेत दिए ।
उच्च बारका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव दानोदेवी चौधरीले कार्यक्रम संचालन तथा उपाध्यक्ष धर्मेन्द्र यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ