News Category 2080/12/02
सरकारी कागजात किर्ते गरी फरार रहेका मध्येका एक लेखापढी व्यवसायी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको मुद्दाका फरार आरोपी मध्येका एक लेखापढी व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी ३६ वर्षिय शंकर प्रसाद यादव छन् । उनी भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीका लेखापढी व्यवसायी हुन । गोप्य सूचनाका आधारमा बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज नेउपानेले प्रहरीको फरार सुचीमा रहेका उनलाई शुक्रवार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको बताए ।
माघ २७ गते राजविराजस्थित एनआइसी एशिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनी र सोही आधारमा २ करोड ८० लाख ऋण स्विकृत गराई २ करोड ३० लाख रुपैया बैंकबाट झिकि ठगी गरेको आरोपमा प्रहरीले बैंकका प्रबन्धक सन्तोष यादवसहित १० जनाबिरुद्ध सरकारी लिखत किर्ते गरी संगठित रुपमा ठगी गरेको आरोपमा मुद्दा चलाएको थियो ।
मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भएसंगै उनीहरु फरार भएका थिए । सो प्रकरणमा मुछिएका बैंकका प्रबन्धक यादव, भुमिसुधार तथा मालपोत कार्यालयका कम्प्युटर अपरेटर दिपक शर्मा र व्यवसायी मो.समसाद मंसिर १० गते नै प्रहरीमा उपस्थित भएका थिए ।
अदातलको आदेशमा हाल उनीहरु पुर्पक्षका लागी राजविराज कारागारमा छन । उक्त अपराधमा संलग्न अन्य फरार आरोपीको खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ