News Category 2080/12/02
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो बनाउन स्थानिय तहलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
जिल्ला विपद व्यवस्थापन समिति सप्तरीले सुख्खा मौसममा आगलागि तथा हावाहुरीबाट विभिन्न घटनाहरु हुन सक्ने प्रवल सम्भावना रहेको भन्दै यस्ता घटना हुन नदिन तथा न्युनिकरणका लागि सरोकारवाला निकायहरुसँग पूर्वतयारीका लागि विभिन्न निर्णयहरु गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले जिल्लास्थित स्थानिय तहहरुले आ–आफ्नो पालिकामा रहेका दमकल २४ औं घण्टा चालकसहित संचालन गर्न सक्ने अवस्थामा राख्ने र तत्काल प्रतिकार्यमा जुट्ने, विपद् प्रतिकार्यका लागि आवश्यक राहत तथा उद्दारका सामाग्रिको मौजुदा विवरण तयार गरी पठाउने निर्णय गरेको छ ।
विपद्को समयमा दमकल तथा एम्बुलेन्स जस्ता सवारी साधन उद्दार गर्ने स्थलसम्म पुग्ने बाटो नभएमा ठूलो जनधनको क्षति हुन सक्ने भएकोले सो बाटोलाई स्थानिय तह स्वयमले वा सम्बन्धीत सडक आयोजना कार्यालयले सवारी साधन जाने योग्य बाटो निर्माण गर्ने व्यवस्था समयमै मिलाउने निर्णय समेत गरिएको छ ।
यस्तै जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्थित सुरक्षा निकायको संयुक्त आयोजनामा स्थानिय तह तथा सरोकारवालाहरुको सहकार्यमा चैत १५ गते आगलागिजन्य विपद् सम्बन्धी कृत्रिम अभ्यास तथा सो सम्बन्धी जनचेतनामूलक प्रदर्शन संचालन गर्ने निर्णय गरेको छ ।
स्थानिय तहहरुले विपद्जन्य घटना आगलागि, हावाहुरीको प्रतिकार्यको लागि समन्वयात्मक रुपमा परिचालित हुने तथा जिल्ला र स्थानीय समितिबीच सूचना आदान प्रदान गर्ने, आगलागि, हुवाहुरी, चट्याङ तथा विपद्बाट घटना हुन नदिन रेडक्रस सोसाइटी शाखा कार्यालय, सप्तरी र जिल्लास्थित गैससले समन्वयात्मक रुपमा सचेतनामूलक सामाग्रिहरु राष्ट्रिय र स्थानिय भाषामा विभिन्न संचार माध्यमबाट प्रसारण गर्न व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
यसैगरि स्थानिय तहमा विपद् प्रतिकार्यको लागि स्वयमसेवक तयार गर्न जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानिय तहसँग सहकार्यमा इच्छुक प्रशिक्षार्थीलाई नेपाली सेना मार्फत प्रशिक्षण संचालन गर्ने निर्णय गर्दै चट्याङ तथा आगलागि पीडित परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा प्राप्त बजेटबाट चट्याङबाट मृत्यु भएका तीन जना परिवारलाई २÷२ लाखको दरले ६ लाख र आगलागिबाट पीडित ६० जना घर परिवारलाई १५÷२० हजारका दरले २०८० साउनदेखी फागुन मसान्तसम्मा ८ लाख ३८ हजार गरी जम्मा १४ लाख ३८ हजार प्रदान गरिएको बैठकबाट अनुमोदित गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पालिका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ