News Category 2080/12/03
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न

राजविराज÷सप्तरीको राजविराजमा व्यवसायिक कुखुरा पालक कृषकहरुका लागि एकदिने आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।
सुनगाभा फिड प्रा.लि. ईटहरी १३ सुनसरीको आयोजनामा सम्पन्न तालिममा कुखुरा पालक किसानहरुलाई खोर निर्माणदेखि कुखुरा पालन र त्यसबाट आम्दानी गर्ने प्रविधिबारे जानकारी गराईएको छ ।
तालिममा सहजीकरण गर्दै डा. जयविक्रम साहले सीप नजानेर देखासिखीको आधारमा कुखुरापालक किसानहरुले नोक्सान उठाउनु परेको बताए । उनले अहिले मधेश प्रदेशका अधिकांश जिल्लामा व्यवस्थित कुखुरा फर्म नभएकै कारण किसानहरु नाफा गर्न सकेको तर्क गरे ।
कुखुरा पालक किसानहरुले खोर निर्माणदेखि चल्लालाई हुर्काउने र जैविक सुरक्षा विधिबारे जानकार नभएकै कारण मिहिनेत गर्दा पनि प्रतिफल पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्दैै डा साहले किसानलाई कुखुरा पालनमा दक्ष बनाउन यो तालिमको आयोजना गरिएको जानकारी दिए ।
उनले द्विपक्षीय अन्तरक्रिया सहितको यो तालिमबाट यहाँका किसानहरु सीप सिकेर कुखुरा पालन गरे राम्रो आम्दानी गर्ने विश्वास समेत व्यक्त गरे । ‘अहिलेसम्म किसानहरु देखासिखीकै भरमा कुखुरापालन गर्दै गर्दै आएको छ, सीप र प्रविधिबारे जानकारी नभएकै कारण प्रतिफल राम्रो आउन सकेको देखिएन तर अव यो तालिममा सहभागि किसानले पक्कै पनि अब विधि अनुसार व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन्’ उनले भने ।
सप्तरी जिल्लाका ९० जना कुखुरापालक किसानहरुको सहभागितामा गरिएको सो तालिममा दानाको व्यवस्थापन, चल्लाले दाना खाएको नखाएको जाँच’ दाना भण्डाण तथा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,जैविक सुरक्षा विधि, खोरमा कुखुरा राख्नु अघि गर्नुपर्ने कामहरु, सफापानी र औषधीको प्रयोग, कुखुरामा लाग्ने रोग तथा प्रयोग गर्नुपर्नै औषधीबारे किसानहरुलाई जानकारी गराईएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ