News Category 2080/12/03
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
राजविराज÷सप्तरीको राजविराजमा व्यवसायिक कुखुरा पालक कृषकहरुका लागि एकदिने आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।
सुनगाभा फिड प्रा.लि. ईटहरी १३ सुनसरीको आयोजनामा सम्पन्न तालिममा कुखुरा पालक किसानहरुलाई खोर निर्माणदेखि कुखुरा पालन र त्यसबाट आम्दानी गर्ने प्रविधिबारे जानकारी गराईएको छ ।
तालिममा सहजीकरण गर्दै डा. जयविक्रम साहले सीप नजानेर देखासिखीको आधारमा कुखुरापालक किसानहरुले नोक्सान उठाउनु परेको बताए । उनले अहिले मधेश प्रदेशका अधिकांश जिल्लामा व्यवस्थित कुखुरा फर्म नभएकै कारण किसानहरु नाफा गर्न सकेको तर्क गरे ।
कुखुरा पालक किसानहरुले खोर निर्माणदेखि चल्लालाई हुर्काउने र जैविक सुरक्षा विधिबारे जानकार नभएकै कारण मिहिनेत गर्दा पनि प्रतिफल पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्दैै डा साहले किसानलाई कुखुरा पालनमा दक्ष बनाउन यो तालिमको आयोजना गरिएको जानकारी दिए ।
उनले द्विपक्षीय अन्तरक्रिया सहितको यो तालिमबाट यहाँका किसानहरु सीप सिकेर कुखुरा पालन गरे राम्रो आम्दानी गर्ने विश्वास समेत व्यक्त गरे । ‘अहिलेसम्म किसानहरु देखासिखीकै भरमा कुखुरापालन गर्दै गर्दै आएको छ, सीप र प्रविधिबारे जानकारी नभएकै कारण प्रतिफल राम्रो आउन सकेको देखिएन तर अव यो तालिममा सहभागि किसानले पक्कै पनि अब विधि अनुसार व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन्’ उनले भने ।
सप्तरी जिल्लाका ९० जना कुखुरापालक किसानहरुको सहभागितामा गरिएको सो तालिममा दानाको व्यवस्थापन, चल्लाले दाना खाएको नखाएको जाँच’ दाना भण्डाण तथा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,जैविक सुरक्षा विधि, खोरमा कुखुरा राख्नु अघि गर्नुपर्ने कामहरु, सफापानी र औषधीको प्रयोग, कुखुरामा लाग्ने रोग तथा प्रयोग गर्नुपर्नै औषधीबारे किसानहरुलाई जानकारी गराईएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ