News Category 2080/12/05
रास्वपा नगर अध्यक्ष दास कुटिए
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजविराज नगर अध्यक्ष खेलानन्द दास सोमबार दिउँसो राजविराजमा कुटिएका छन् ।
उनलाई राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव र उनका छोरा विलियम यादव सहित चार÷पाँच जनाको समूहले राजविराजस्थित ग्लोबल बैंक अगाडी कुटपीट गरेका हुन् ।
रास्वपा नगर अध्यक्ष दासले राजविराज बचाउ अभियान लेखिएको ब्यानर सिटी रिक्सामा झुण्डयाएर भिमराज यादवको राजीनामा माग राखेर माईक लिएर बोल्दै ग्लोबल बैंक अगाडी पुग्दा उनलाई कुटपीट गरेको पीडितले बताएका छन् ।
कुटपीटबाट घाईते भएका दासको उपचार छिन्नमस्ता अस्पताल राजविराजमा भईरहेको छ । अस्पतालमा उपचारत उनी संचारकर्मीहरु संग कुरा गर्दै ‘निलम्बित नगर प्रमुख यादव र उनका छोरा विलियम यादव सहितका समूहले कुटपीट गरी घाईते बनाएका छन्’ दासले भने ।
उनले कुटपीट गर्ने उपर कानुन बमोजिम कारबाहीको माग गर्दै कार्यवाही नभएर अस्पतालबाटै भुख हडताल गर्ने चेतावनी समेत दिएका छन् ।
यता भिमराज यादवले आफूहरुले कुटपीट नगरेको बताएका छन् । उनले मलाई भ्रष्टाचारी भनेर लेखिएको ब्यानरसहित घर अगाडी आएपछि दासको हाथबाट माईक खोस्न सामान्य हातापाई भएको तर, कुटपीट नभएको प्रतिक्रिया दिए । ‘म त्यहाँ उपस्थित पनि छैन्’ यादवले भने ।
मैले नगरपालिकामा भ्रष्टाचार गरेको छैन् तर, मेरो नाम लेखेर यसरी प्रचारबाजी गर्नु गलत हो भन्दै ‘म न्यायिक निकायमा मुद्दा लड्दै छु, राजिनामा किन दिने ?’ उनले प्रश्न गरे ।“
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ