News Category 2080/12/09
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने भएको छ । यही चैत २५, २६ र २७ गते तिन दिनसम्म उक्त महोत्सव मनाइने छ ।
जिल्लाको बोदेबसाइन र खडक नगरपालिकाको सीमामा रहेको जोगीया जाँजरमा बोदेबसाइन नगरपालिका २ र खडक नगरपालिका ८ स्थित रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव विभिन्न कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ ।
दिनाभद्री जन्मोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै पुजापाठ, भजन, किर्तन, दिप प्रज्वलन लगायत धार्मिक कार्यक्रम समेत आयोजना हुने प्रचार प्रसार समितिका संयोजक गंगा सदाले जानकारी दिएका छन् ।
उनका अनुसार विगत २५ वर्षदेखि दिनाभद्री जन्मोत्सव मनाउदै आएकोमा यस पटक जन्मोत्सवको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवक परिचालन, जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाईने तयारी भएको उनको भनाई छ । दिनाभद्रीलाई मुसहर (सदा) जातीको कुलदेउताको रुपमा पुजिने गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ