News Category 2080/12/09
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
काठ विक्री डिपो कार्यालय शुक्रवारदेखि राजविराजमा पुनः संचालनमा आएको छ । २५ वर्ष पहिले राजविराजबाट हटाइएको उक्त डिपो कार्यालयको संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन् ।
राजविराज नगरपालिका ८ मा खोलिएको उक्त कार्यालयको एक समारोह बीच मन्त्रि साहले उद्घाटन गरेपछि विधिवत संचालनमा आएको छ ।
उद्घाटनकै दिन शुक्रवार उक्त डिपोबाट १ लाख भन्दा बढीको काठ बिक्री भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष दासले जानकारी दिएका छन् । काठ खरीद गर्ने पहिलो ग्राहक रहेका राजविराज नगरपालिका १३ विषयहरियाका पाण्डु रजकलाई मन्त्रि साहले स्वयं बिल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा मन्त्रि साहले यस क्षेत्रका जनताको २५ वर्षको पर्खाइ पुरा भएको भन्दै नेपाल सरकारको मातहतमा रहेको नेपाल वन निगम लिमिटेडको काठ विक्री डिपो कार्यालय संचालन भएपछि सर्वसाधारणले राहात पाउने विश्वास व्यक्त गरे ।
मन्त्रिको पदभार ग्रहण गरेपछि पहिलो पल्ट गृह जिल्ला आएका उनले आफुलाई जनताको सेवक भएको बताउँदै सेवा गर्ने उद्देश्यले नै मन्त्रि पदको जिम्मेवारीमा पुगेको बताए । २५ वर्ष अघि तत्कालिन मन्त्रि एवम् मधेशवादी नेता गजेन्द्र नारायण सिंहको पालामा यहाँ वन मन्त्रालयले काठ बिक्री डिपो कार्यालय संचालनमा ल्याएको थियो । तर उनी पदबाट हटेपछि उक्त डिपो कार्यालय सिराहाको लहान सारिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ