News Category 2080/12/09
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
काठ विक्री डिपो कार्यालय शुक्रवारदेखि राजविराजमा पुनः संचालनमा आएको छ । २५ वर्ष पहिले राजविराजबाट हटाइएको उक्त डिपो कार्यालयको संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन् ।
राजविराज नगरपालिका ८ मा खोलिएको उक्त कार्यालयको एक समारोह बीच मन्त्रि साहले उद्घाटन गरेपछि विधिवत संचालनमा आएको छ ।
उद्घाटनकै दिन शुक्रवार उक्त डिपोबाट १ लाख भन्दा बढीको काठ बिक्री भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष दासले जानकारी दिएका छन् । काठ खरीद गर्ने पहिलो ग्राहक रहेका राजविराज नगरपालिका १३ विषयहरियाका पाण्डु रजकलाई मन्त्रि साहले स्वयं बिल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा मन्त्रि साहले यस क्षेत्रका जनताको २५ वर्षको पर्खाइ पुरा भएको भन्दै नेपाल सरकारको मातहतमा रहेको नेपाल वन निगम लिमिटेडको काठ विक्री डिपो कार्यालय संचालन भएपछि सर्वसाधारणले राहात पाउने विश्वास व्यक्त गरे ।
मन्त्रिको पदभार ग्रहण गरेपछि पहिलो पल्ट गृह जिल्ला आएका उनले आफुलाई जनताको सेवक भएको बताउँदै सेवा गर्ने उद्देश्यले नै मन्त्रि पदको जिम्मेवारीमा पुगेको बताए । २५ वर्ष अघि तत्कालिन मन्त्रि एवम् मधेशवादी नेता गजेन्द्र नारायण सिंहको पालामा यहाँ वन मन्त्रालयले काठ बिक्री डिपो कार्यालय संचालनमा ल्याएको थियो । तर उनी पदबाट हटेपछि उक्त डिपो कार्यालय सिराहाको लहान सारिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ