News Category 2080/12/09
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी बर्तमान गठबन्धन बनेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरीद्वारा शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको सत्ता समिकरण स्वार्थ समुहको झुण्ड मात्र रहेको भन्दै उनले यसबाट मुलुकको समस्या समाधान नहुने समेत बताए ।
यस अघि पछिल्लो संसदीय निर्वाचन लगतै बनेको सरकारमा विकास, सुशासन र स्थिरता हासिल हुन सकोस भनी नीति सिद्धान्त नमिल्दा पनि आफुहरु सरकारमा केही समयका लागी सहभागी भएपनि सोचे जस्तो लक्षण नदेख्दा बाहिरिएको स्पष्ट पारे ।
मुलुक धर्मनिरपेक्षताका कारण हिन्दु धर्ममाथी निरन्तर विभिन्न वहानामा प्रहार भइरहेको बताउदै उनले मधेश प्रदेशमा पनि त्यसको असर देखिएको दाबी गरे ।
मुलुकको अवस्था हेरेर नियोगको रुपमा रहे पनि राजसंस्था आवश्य रहेको बताउँदै उनले त्यसका लागी पार्टीले अघि सारेको नीति समय सापेक्ष देखिन थालेको जिकिर गरे ।
आफुहरुका लागी सरकारमा जानेका कुरा प्राथमिक्ताको विषय नरहेको कुरा प्रष्ट पार्दै उनले आन्दोलनलाई अगाडी बढाउने अभियान जारी रहेको उल्लेख गरे ।
गृहमन्त्री रवी लामिछानेको विषयमा अहिले उठेको प्रश्नको बारेमा राखिएको जिज्ञासामा अध्यक्ष लिङ्गदेनले प्रश्न उठिसकेपछि त्यसको टुङ्गो नलागे सम्म गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुने विचार ब्यक्त गरे ।
उनले संघियताका लागी मधेशले ठूलो बलिदान गरेपनि सत्ता स्वार्थका कारण संघियताको प्रत्याभुती मधेशी जनताले गर्न नपाएको टिप्पणी गरे ।
उनले राप्रपाद्वारा काठमाडौमा हुन लागेको विशाल जनप्रर्दशनमा सहभागी हुन मधेशका जनतालाई निम्तो दिन पनि आफुहरु आएको बताए ।
राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर साहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङ, रविन्द्र मिश्र, महिला संगठन विभाग प्रमुख कुमारी तामाङ, प्रशिक्षण विभाग प्रमुख खुश्वु ओली, मधेश प्रदेश कमिटी सदस्य विनोद कुमार पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ