News Category 2080/12/17
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न
राजविराज÷राजविराज जेसीजले सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
तालिमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मेदनी प्रसाद साहले सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी विभिन्न भिडियो सहितको सैद्धान्तिक तथा कानुनी कुराहरूबारे प्रशिक्षण दिएका थिए । उक्त तालिमका सहभागिहरुलाई राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले समेतले प्रशिक्षण दिएका थिए ।
राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले तालिमले सामाजिक रूपमा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिवृद्धि भई सडक दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।
उक्त तालिममा पूर्व अध्यक्ष सिद्धार्थ तातेड, जिल्ला सप्तरी ट्राफिक कार्यालयका इन्द्रवीर श्रेष्ठ, टेक बहादुर बस्नेत, नवीन बहादुर कार्की, स्ववियु सदस्य अनिल यादव लगायतको उपस्थिति रहेको थियो । तालिम समापन पश्चात् सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ