News Category 2080/12/18
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा रद्द, एक कर्मचारी पनि कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
सप्तरीमा ७१ जना परिक्षार्थी तथा एक विद्यालय कर्मचारी निष्काशनमा परेका छन् । परिक्षा मर्यादा र आचरसहिता विपरीत मोबाईल लिएर परिक्षा दिई रहेको पाइएपछी उनीहरुको परिक्षा रद्ध गरिएको हो ।
एसइईको अन्तरगत तेश्रो दिन आईतवार अनिवार्य गणित विषयको परिक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको विभिन्न परिक्षा केन्द्रका गरी ७१ जना परिक्षार्थी निष्कासनमा परेको शिक्षा विकास समन्वय एकाई सप्तरीले जनाएको छ ।
यस्तै परिक्षा मर्यादा विपरीत कार्यमा सघाएको आरोपमा राजविराजस्थित के.अ.मा.वि. परिक्षा केन्द्रबाट एक जना कार्यालय सहयोगि समेत कारवाहीमा परेको शिक्षा विकास समन्वय एकाई सप्तरीका प्रमुख विजय कुमार मण्डलले जानकारी दिए ।
निष्कासनमा पर्नेहरुमा राजविराजस्थित ह्यापील्याण्ड सेकेन्डूी स्कुल परिक्षा केन्द्रबाट सर्वाधिक २८ं जना परिक्षार्थी रहेका छन् । यस्तै राजविराज कै राजदेवी मावि परिक्षा केन्द्रबाट १२, पविमावि परिक्षा केन्द्रबाट १०, केअ मावि परिक्षा केन्द्रबाट ७, नरेन्द्र मेमोरियल जनता मावि परिक्षा केन्द्रबाट ६ तथा विष्णुपुर गाउँपालिकास्थित इटहरी विष्णुरपुर परिक्षा केन्द्रबाट ८ जना परिक्षार्थीको परिक्षा रद्द गरिएको शिक्षा विकास समन्वय एकाई सप्तरीले जनाएको छ ।
यस पल्ट जिल्लामा सामुदायिक तर्फ ९४ विद्यालय र संस्थागत तर्फ ४८ विद्यालयका गरी कुल ९ हजार ३ सय २३ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यो संख्या भने मधेश प्रदेश मै सब भन्दा कम रहेको छ ।
यस पल्ट मधेश प्रदेशको धनुषामा सर्वाधिक १२ हजार २ सय १४ परीक्षार्थी एसइई परिक्षामा सहभागी भएका छन् । यस्तै सिरहामा १० हजार ९ सय २३, सर्लाहीमा १० हजार ८ सय ९६, पर्सामा १० हजार ६८, रौतहटमा ९ हजार ४ सय ६९, बारामा ९ हजार ४ सय ४४ र महोत्तरीमा ९ हजार ४ सय ३१ परिक्षार्थी रहेको मधेश प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ