News Category 2080/12/19
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुखमाथी भएको हातपात तथा दुव्र्यहारको बिरोधमा त्यहाका सम्पूर्ण कर्मचारीहरु कामकाज ठप्प पारि आन्दोलनमा उत्रेका छन् ।
कार्यालय प्रमुख प्रविण प्रताप अधिकारीमाथी प्रदेशसभा सदस्यको टोलीद्वारा हातपात र दुव्र्यबहार भएको भन्दै उनीहरु सोमवार कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका हुन् ।
जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य महेश प्रसाद यादव, मो.सकिल अली, शम्भु प्रसाद साह लगायतको नेतृत्वमा रहेको टोलीले अघिल्लो दिन आइतवार कार्यकक्ष मै आएर कार्यालय प्रमुख अधिकारीमाथी हातपात र दुव्र्यबहार गरेको आन्दोलनमा उत्रेका कर्मचारीहरुको भनाई छ ।
टाउको र हातमा कालो पट्टी बाँधेर कार्यालय परिसर मै धर्नामा वसेका कर्मचारीहरुले घट्नाका दिन दुव्र्यबहारका दृश्य कैद भएका कार्यालयको सिसी टिभी फुटेजको प्रमाणका आधारमा छानवीन गरी दोषीमाथी कारवाही तथा कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको प्रत्याभुतीको माग गरेका छन् ।
प्रदेशसभा सदस्य महेश प्रसाद यादवले हातपातको कुरा अस्विकार गर्दै विचौलियाको प्रभावमा परेर जथाभावी योजना बाँडेको विरोध आफुसँग सामान्य वादविवाद मात्र भएको दाबी गरेका छन् ।
यता कार्यालय प्रमुख अधिकारी र सूचना अधिकारी तपेश्वर कुमार साहद्वारा सोमबारै जारि विज्ञप्तिमा सम्पूर्ण कर्मचारीहरुको जिउधनको सुरक्षाको प्रत्याभुती र दोषिमाथी कडा कारवाहीको माग गरेका छन् ।
जारि विज्ञप्तिमा प्रदेशसभा सदस्य सकिल अलि, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी र प्रदेशसभा सदस्य शम्भु साहसँग कार्यालय प्रमुखको कक्षमा योजना सम्बन्धी छलफल तथा बहस भई सबै जना लेखा शाखामा गएर छलफल गर्ने क्रममा प्रदेशसभा सदस्य सकिल अलीले पटक पटक टेबल ठोक्नुका साथै गालिगलौज गरेको जारि उल्लेख छ । राजविराज वडा नं. १३ का वडा सदस्य चन्द्रिका यादवसहित १५÷२० जनाको समूह आएर सो वडामा पर्ने सबै योजनाहरु बारे छलफल गरेर निश्कर्षमा पुगिसकेको अवस्थामा प्रदेशसभा सदस्य महेश यादव र उनीसँग आएका धिरेन्द्र यादवले कुनै छलफल नगरि कार्यालय प्रमुख अधिकारीमाथी गालिगलौज तथा हातपात गरेको विज्ञप्तिमा जनाइएको छ ।
आन्दोलनरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई एक ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी थापालाई कर्मचारीहरुको तर्फबाट बुझाइएको पत्रमा हातपात र दुव्र्यबहार गर्नेहरुमाथी कारवाही नहुनजेलसम्म कार्यालयको सम्पुर्ण कामकाज बन्द रहने उल्लेख छ ।
पालिका प्रमुखहरुको बैठक
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा सोमबार पालिका प्रमुखहरुको बैठक बसेको छ ।
बैठकले योजना बाँडफाँडमा विचौलियाको प्रभाव रोक्न पुर्वाधार विकास कार्यालयबाट प्रदान गरिने योजना सम्बन्धि पत्र सोझै सम्बन्धित पालिकालाई बुझाउनु पर्ने माग गरेका छन् ।
बैठकले सो विषयबारे अगामी चैत्र २१ गते बुधवार आवश्यक निर्णय लिन जिल्लाका १८ वटै पालिका प्रमुखहरुको बैठक बोलाउने निर्णय समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ